कोरोनाबाट जटिल अवस्थामा पुगेका युवक १६ दिनपछि निको भई घर फर्के
बुटवल । बुटवलको कोरोना अस्पतालमा आईसीयूमा राखेर उपचार गराइरहेका कपिलवस्तुका एक कोरोना संक्रमित आज डिस्चार्ज भएका छन् । भारतको मुम्बईबाट घर आएका कपिलवस्तु नगरपालिका–१२ का २२ वर्षे युवक डिस्चार्ज भएका हुन् ।
जटिल अवस्थामा उपचाररत बिरामीमध्ये निको भएका उनी देशकै सम्भवत पहिलो बिरामी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र खनालले दाबी गरेका छन् । अस्पतालमा ल्याएपछि गरिएको २ पटकको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ आएको र मधुमेहसमेत स्थिर भएकाले आज डस्चार्ज गरिएको हो । उनी जेठ पहिलो साता भारतको मुम्बईबाट आएका थिए । त्यसलगत्तै कपिलवस्तु नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा उनी बसेका थिए । त्यहाँ ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई जेठ ८ गते जिल्ला अस्पताल तौलिहवा लगिएको थियो । सोही दिन उनको पीसीआरका लागि स्वाब लिइएको डा.खनालले बताए ।
मधुमेहका समेत बिरामी उनलाई जेठ १४ मा अचेत अवस्थामा अस्पताल ल्याएर २ दिन भेन्टिलेटरमा राखिएको थियो । स्वास्थ्यमा केही सुधार आएपछि मात्र आईसीयूमा सारिएको अस्पताले जनाएको छ । सिकिस्त बिरामी रहेका उनलाई १२ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले अन्यत्र जान भन्दै बुटवल रिफर गरेको थियो । उनलाई उपचारको साटो पुनः क्वारेन्टाइमा फर्काइएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि जेठ १४ मा उनलाई कोरोना विशेष अस्पतालमा ल्याइएको थियो । आज १६ दिनपछि निको भएर घर फर्काउन पाउँदा सबै स्वास्थ्यकर्मीहरुलाई खुसी लागेको अस्पतालका फोकल पसर्न डा.सुदर्शन थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण