कविता : ऊ को हो ?
शनिबार, ३१ जेठ २०७७, ११ : २७
-भरत सिग्देल
मदमत्त छ सराबी
लम्पसार खुल्लामञ्चमा
झिम्क्याउँछ लाल नेत्र ती
हास्य रस नेपथ्यमा ।
खचाखच दर्शकदीर्घा
एम्बुलेन्सको साइरनसँगै
काट्छ, जोड्छ मानचित्र
सिद्धहस्त आइरनसँगै ।
कसेर मुठ्ठी जोडले
चिच्याउँछ नशा फुलाउँदै
खोस्रन्छ माटो धर्तीको
थर्थरी पयर डुलाउँदै ।
लिएर बासना खुनको
निल्दछ थुक घुटघुटी
गर्दछ चुम्बन हावामा
पिरती साट्ने हुटहुटी।
पिट्दछ ताली अकेला
घुमाई शिर फनक्कै
झस्किन्छ झसङ्ग झल्लु झैँ
तातेर गाला रनक्कै।
टनक्क कस्छ इँजार
मर्काई दाह्रा मरक्कै
फिस्लिक्क फुस्किन्छ बस्त्र त्यो
फर्कन्छ लज्जा फरक्कै।
काढ्दैछ चिटचिट पसिना
भेट्यो कि सन्निपातैले
छिरेथ्यो सिंहदरबार
ढल्यो कि कुर्सीको मातैले।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण