गुडिरहेको मोटरसाइकलमा हाँगाले लागेर २ वर्षीया बालिकाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाहीमा आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय कृषि सडक छेउको रुखको हाँगा छिनाल्ने क्रममा से६प ३३८९ नंको मोटरसाइकलमा सवार दुई वर्षीया बालिका आरजु खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।
दुर्घटनामा परी मृतक बालिकाका बुबा मोटरसाइकल चालक ३० वर्षीय ज्ञानेन्द्र खड्का गम्भीर घाइते भएको इप्रका गुलरियाका प्रमुख प्रहरी नायब निरीक्षक भरत धामीले जानकारी दिए । ‘सडक छेउको रुखमा सहकारीले रुखको हाँगा छिनाल्दा हाँगा खसेर मोटरसाइकलमा परेछ’ घटनास्थल अनुसन्धानमा खटिएका प्रहरी नायब निरीक्षक धामीले भने, ‘बालिकाको उपचारका क्रममा मृत्यु भएको र बुबाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।’
ज्ञानेन्द्रको माया मेट्रोमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको समेत जानकारी दिए । प्रहरीले रुखको हाँगा काट्ने स्थानीय प्रकाश चौधरी र हाँगा काट्न लगाउने ग्वासी विद्युत् सहकारी संस्थाका अध्यक्ष प्रेम कार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण