थप एक कोरोना संक्रमितको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो
आइतबार, ३२ जेठ २०७७, ०८ : ३१
काठमाडौं – नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका– ४ जैसिथोकका ३६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ।
युवकको रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय गुल्मीका प्रमुख डा. भवानी प्रसाद शर्माले जानकारी दिए।
मृतक युवा क्यान्सर रोगबाट पीडित रहेको बताइएको छ। स्वास्थ्य मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ।
शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा रहेका बेला जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण