आफ्नै जन्मभूमिको अपमान गर्थे अदनान सामी, यसपटक साँधे नेपालमाथि निशाना
भनिन्छ, कलाकार सधैँ भूगोलभन्दा माथि हुन्छन् । तर चर्चित संगीतकार तथा गायक अदनान सामीको हकमा यो लागु हुँदैन । उनी अन्य देशको सार्वभौमिकतामाथि प्रश्न उठाइरहन्छन् । विशेषगरी, आफ्नै जन्मभूमीविरुद्ध राजनीतिक अभिव्यक्ती दिएर चर्चामा आउँछन् ।
यसपटक उनले नेपालविरुद्ध निशाना साँधेका छन् । नेपालको सार्वभौमिकताविरुद्ध प्रहार गर्दै उनले एउटा ट्वीट गरेका छन् । जहाँ, एउटा सिंह र बिरालो आमने सामने भएको देखाइएको छ र क्याप्सन लेखेका छन् – ‘डियर नेपाल सिरियस्ली’ ।

भूगोल र शक्तिका आधारमा राज्यको सार्वभौमसत्ता तुलना गर्ने अदनानको यो कमजोर मानसिकताले उनका नेपाली समर्थकहरुलाई आघात परेको छ । तर, उनको हर्कत बुझ्नेहरुका लागि यो नौलो होइन ।
जन्मले पाकिस्तानी, अहिले भारतीय
शंका छैन अदनान निकै राम्रा संगीतकार हुन् । तर उनी असल नागरिक कहिल्यै हुन सकेनन् । बरु, चर्चा र वाहवाहीका लागि ‘नक्कली राष्ट्रवादी’ बन्न तयार भए ।

अदानान सामीको जन्म पाकिस्तानको लाहोरमा भएको हो र उनका पिता अर्सद सामी खान पाकिस्तानी एयर फोर्समा लामो समय गरेर विदेश मन्त्रालयका वरिष्ठ कर्मचारीका रुपमा विभिन्न १४ मुलुकमा कार्यरत रहे । यस क्रममा अदनानले बाल्यकाल र जवानीमा लामो समय बेलायतमा बिताए । उनले १९९५ मा पाकिस्तानी फिल्म ‘सरगम’ पनि खेलेका थिए ।
२००१ देखि पर्यटक भिसा थप्दै भारतमा बसेका अदनानले बलिउडमा आफ्नो करियर बनाए । सन् २०१५ सम्म आइपुग्दा पाकिस्तानी पासपोर्ट त्यागेर भारतकै नागरिक बन्नका लागि आवेदन दिए । उनको आवेदन स्वीकृत भयो र उनी भारतीय नागरिक बने । यतिले मात्रै पुगेन । उनले आफुलाई भारतको असली नागरिक प्रमाणित गर्नका लागि पटक–पटक जन्मभूमी पाकिस्तानविरुद्ध नै अभिव्यक्ती दिन थाले । उनले कास्मिर तथा अन्य विवादमा पटक–पटक पाकिस्तानविरुद्ध अभिव्यक्ति दिइसकेका छन् ।
यी गीतले चर्चित
सामीको सांगीतिक करियर भने लोभलाग्दो छ । २००१ मा रिलिज भएको अजनबी फिल्ममार्फत उनले बलिउडमा गाउन थालेका थिए । त्यसयता, ‘तेरा चेहरा’, लक्की फिल्मको ‘सुन जारा’, बजरंगी भाइजानको ‘भर्दो झोली’ लगायतका उनका दर्जनौँ गीत चर्चित छन् । सन्तुर र भारतीय शास्त्रीय संगीतलाई पियानोमा बजाउने पहिलो संगीतकार रुपमा पनि उनी चिनिन्छन् । टाइम्स अफ इन्डियाले सामीलाई ‘सुल्तान अफ म्युजिक’ उपाधि नै दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण