शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नदीजन्य उत्खनन् रोक्न निर्देशन

आइतबार, ३२ जेठ २०७७, १५ : ००
आइतबार, ३२ जेठ २०७७

जुम्ला । जुम्लामा अवैध रुपमा भइरहेको नदीजन्य वस्तुको उत्खनन् कार्य तत्काल रोक्न निर्देशन दिइएको छ । 

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीको संयोजकत्वमा अनुगमनमा गएको टोलीले वैधानिक रुपमा टेण्डर आव्हान गरेर मात्र नदीजन्य बस्तुको उत्खनन गर्न निर्देशन दिएको हो । 

पातारासी गाँउपालिका जवा नदी क्षेत्रको अनुगमनका क्रममा नदीजन्य वस्तुको उत्खनन भएर ओसारपसार कार्य चलिरहेको भेटिएपछि तत्काल रोक्न निर्देशन दिइएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले जानकारी दिए ।
उनले भने, ‘पातारासी ५ लोर्पा गाउँको पुलदेखि लासी बजारसम्म नदीजन्य वस्तु उत्खनन गरिरहेको भेटियो । साथै ओसारपसार कार्य पनि तीब्र रुपमा चलिहरेको पाइयो । समितिले तत्काल रोक्न निर्देशन दिएको छ । ’ 

पातारासी गाउँपालिकाले नदीजन्य वस्तुको आइइइ गरिसकेकोले वैधानिक रुपमा टेण्ड गरेर मात्र उत्खनन गर्न निर्देशन दिएको उपप्रमुख बुढाले जानकारी दिए । उनका अनुसार अनुगमन समितिको निर्देशन अटेर गर्नेलाई कानुन बमोजिमको कार्वाही गरिनेछ ।

जुम्लाका एक नगरपालिका सहित ८ वटा स्थानीय तह मध्ये तातोेपानी, पातारासी र हिमा गाउँपालिकाले मात्र आइइइ गरेका छन् । अवैधानिक नदीजन्य वस्तुको उत्खनन् तीब्र भइरहेको गुनासो आउन थालेपछि अनुगमन समितिले अनुगमन प्रक्रियालाई कडाइ गरिरहेको छ । जुम्लाका सबै नदीमा भइरहेको उत्खनन कार्यको अनुगमन गरेर आवश्यक निर्देशन जारी गर्ने तयारी भईरहेको अनुगमन समितिका प्रमुख लालबहादुर सार्कीले बताएका छन् ।

जिल्लाको हिमा, तिला र जवा नदीमा गिट्टी बालुवाको अबैध रुपमा उत्खनन् भइरहेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप