कर्णालीमा कोरोना रोकथाम गर्न आयुर्वेदिक औषधि वितरण
सुर्खेत । प्रदेश आयुर्वेद औषधालयले कोरोना भाइरस सङ्क्रमणको रोकथाम, उपचार तथा नियन्त्रणलाई सहयोग पु¥याउने उद्देश्यले आयुर्वेदिक औषधि वितरण शुरु गरेको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा पुगेर औषधालयले क्वारेन्टिन र आइसोलेसनमा रहेका नागरिकलाई रोग प्रतिरोधात्मक क्षमता बढ्ने खालका विभिन्न औषधि वितरण गरेको हो ।
औषधालयले हालसम्म क्वारेन्टिन र आइसोलेसनमा रहेका ५०० जनालाई स्थानीय जनप्रतिनिधिमार्फत ती औषधि प्रदान गरेको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिका साथै तनाव व्यवस्थापनलाई समेत जोड दिएको छ । औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले आयुर्वेद चिकित्सामार्फत रोग प्रतिरोधात्मक क्षमता बढाउन स्थानीयस्तरमा चिकित्सक एवं स्वास्थ्यकर्मीलाई परिचालन गरिएको बताए ।
‘आयुर्वेदिक औषधिको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै तनाव व्यवस्थापनका लागि समेत उपयोगी मानिन्छ’ उनले भने– ‘आवश्यकता आधारमा मनोचिकित्सक र योग प्रशिक्षक पनि परिचालन गर्ने तयारीमा छौँ ।’ अन्य स्थानीय तहमा पनि पुगेर औषधि वितरणका साथै तनाव व्यवस्थापनका क्रियाकलाप सञ्चालन गर्ने अध्यक्ष ढकालको भनाइ छ ।
औषधालयका प्रमुख डा.शङ्करप्रसाद रिजालले कोरोना भाइरस सङ्क्रमण पुष्टि भई लक्षण नदेखिएका वा सामान्य लक्षण देखिएकालाई मनोसामाजिक परामर्शका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने आहार–विहार (योग, ध्यान, नृत्य, हाँस्य विधि) तथा स्थानीयस्तरमा उपलब्ध जुडीबुटीबाट निर्मित औषधिको सेवनमा प्रोत्साहित गरेको बताए ।
औषधालयले रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौँबाट तयार पारिएको प्रोटोकलअनुसार औषधि प्रयोगमा ल्याएको हो । गुर्जो, अमला, अश्वगन्धा चूर्ण, महासुदर्शन चूर्णलगायतका औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यी औषधि प्रयोग गर्न प्रोत्साहन गरिएको डा.रिजालले बताए ।
स्थानीय तहका जनप्रतिनिधिले आइसोलेसन र क्वारेन्टिनमा बसेका नागरिकलाई औषधालयले निःशुल्क रोग प्रतिरोधात्मक औषधि तथा तनाव व्यवस्थापनसम्बन्धी विधिको जानकारी गराएर महामारी रोकथाममा प्रसंशनीय कार्य गरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण