कालिकोटमा ४ महिने शिशुसहित २५ जनाले जिते कोरोना
आइतबार, ३२ जेठ २०७७, १९ : ४९
कालिकोट । कालीकोट जिल्लामा चारमहिने शिशुसहित २५ जनाले कोरोना जितेका छन् । महावै गाउँपालिकाकी रोशनी सिंह आफूसहित उनको चारमहिने शिशु पनि कोरोनामुक्त भएका छन् ।
जिल्लाको आइसोलेशनमा रहेका २९ कोरोना संक्रमितमध्ये तिनको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए । आइसोलेशन कक्षमा उपचाररत रहेका महावैका आठ, शुभकालिका गाउँपालिका १२, खाँडाचक्र नगरपालिकाका दुई तथा तिलागुफा नगरपालिका, पलाँता गाउँपालिका र बाजुरा जिल्लाका एकएक जना कोरोनालाई जितेर घर फर्केको सूचना अधिकारी महतले जानकारी दिए । जिल्लामा रहेका कोरोना संक्रमितमध्ये अहिले चार जनाको उपचार भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण