सेनाको मान्छे हुँ भन्दै ठगी गर्ने गिरोह प्रहरीको नियन्त्रणमा
काठमाडौं । सेनाको मान्छे हुँ भन्दै ठगी गर्ने एउटा गिरोहलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका– ४ का केवल राई सुनार, सोही वडाका भीम महाजु, वडानम्बर ५ का रामबहादुर तामाङ र तनहुँ जिल्ला मेरलुङ गाविस ४ का र अमर अधिकारी रहेका छन् ।
उनीहरुले धुलिखेल नगरपालिका– ७ अड्डाबजारमा होटल व्यवसाय गरेर बसेका चन्द्रकुमार लामाबाट बिष्णुदल गण सेनाको ब्यारेक सस्तोमा राशन सामान उपलब्ध गराउँछु भनि २ लाख ५० हजार ठगी गरेका थिए । उनीहरुले विष्णुदल गण व्यारेक धुलिखेलको रासन स्टोर विभागको नक्कली पत्र समेत बनाएको आरोप प्रहरीले लगाएको छ ।
५ लाख ६९ हजार २ सय १० बराबरको सामान सस्तो मिलाइदिन्छु भनी उनीहरुले सुरुमा २ लाख ५० हजार रुपैयाँ ठगि गरेर भागेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए । उनीहरुले घटनामा प्रयोग गर्ने सिमकार्ड अन्य ब्यक्तिहरुको परिचय पेश गरी लिने गरेको र एक घटनामा सफल भएपश्चात मोबाइल सेट तथा सिम दुवै नष्ट गर्ने गरेको समेत प्रहरीको आरोप छ । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण