क्वारेन्टिनमा बसेका नागरिकलाई समस्या
हुम्ला सदरमुकाम सिमकोटस्थित सिमकोट गाउँपालिकाले कुनै वास्ता नगर्दा हवाई र स्थलमार्गबाट जिल्ला भित्रिएका सिमकोट गाउँपालिका वडा १ देखि ८ सम्मका क्वारेन्टिनमा बसेका नागरिकलाई समस्या भएको छ ।
वडा नं १ र २ दुई रहेको जिल्लाकै ठूलो जनसंख्या रहेको ठेहेको क्वारेन्टाइनमा आफूहरुलाई न्यूनतम मापदण्डानुसार स्थानीय सरकारले सेवासुविधा दिन नसकेको क्वारेन्टाइन बस्ने नागरिकले गुनासो गरेका छन् ।
भारत र देशका काठमाडौँ, सुर्खेत, बाँकेलगायत क्षेत्रबाट आएका नागरिकलाई एउटै भवनमा राखिएको छ । उनीहरुले एउटै शौचालय प्रयोग गर्दै आएका छन् । क्वारेन्टाइन व्यवस्थित हुन नसक्दा महिला र पुरुषले एउटै शौचालय प्रयोग गर्नुपर्ने बाध्यता रहेको वडा नं १ की रुपा भण्डारीले बताइन् । उनका अनुसार क्वारेन्टाइनमा शौचालय भए पनि फोहोर भरिएको, खानेपानीको व्यवस्था नभएको तथा पानी घरबाट ल्याएर खानुपर्ने अवस्था छ ।
गाउँमा एकैपटक पाँचछ सय नागरिक भित्रिएपछि व्यवस्थापन गर्न समस्या भएको वडाध्यक्ष नरबहादुर भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण