कोरोनाले मगर समुदायको भूमे पर्व प्रभावित
रुकुमपूर्व । मगर समुदायको बाहुल्य रहेका रुकुमपूर्व, रुकुमपश्चिम र रोल्पासहितका ठाउँमा भूमिको पूजा गर्ने पर्व ‘भूमे’ कोरोना भाइरस संक्रमणका कारण प्रभावित भएको छ । रुकुमरोल्पाका अधिकांश स्थानमा प्रकृतिपूजक मगर समुदायले धुमधामका साथ भूमेपर्व मनाउने गरे पनि यस वर्ष कोरोनाको जोखिमका कारण सामान्य तरिकाले मनाउन सम्बन्धित पालिकाले अनुरोध गरेका छन् ।
हरेक वर्ष जेठ महिनाको अन्तिम दिन लेकबाट फूल टिपी ल्याएपछि भूमे अर्थात् भूम्या पर्व शुरु हुन्छ । शुक्रबारदेखि मंगलबारसम्म हरेक दिन बाजागाजासहित मगर समुदायका मान्छे भूम्या नाच नाच्छन् । मंगलबार बलि दिएर भूम्या पर्व समापन गरिन्छ । भूमिदेवतालाई बलि चढाएपछि अनिष्ट नहुने र बालीनाली सप्रिने मगर समुदायमा जनविश्वास छ । रुकुम(पूर्व)का भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा विशेष महत्वका साथ मनाइने यो पर्व यस वर्ष पाँचदेखि १० जनासम्म स्थानीयवासी र पुजारीका साथमा मनाइँदै छ ।
पाँचदेखि दश जना स्थानीय बासिन्दा मात्र जम्मा भएर मात्र बल तान्न, पूजाका लागि बनाइने परिकार घरपरिवारमै सीमित राख्न, इष्टमित्र बोलाउन, आउजाउ गर्न, मदिरा सेवन नगर्न र नाचगान नगर्न सूचना प्रकाशन गरी सबैलाई अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण