शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेशले कोरोनाका कारण मृत्यु हुनेको परिवारलाई एक लाख दिने

सोमबार, ०१ असार २०७७, १४ : ३८
सोमबार, ०१ असार २०७७

कर्णाली प्रदेशले कोरोनाका कारण मृत्यु हुनेको परिवारलाई एक लाख रुपैयाँ राहत दिने भएको छ । 

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै  यो प्रदेशले यस्तो राहतको घोषणा गरेको हो ।

 आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कोरोनाबाट गम्भीर विरामी भएकालाई एम्बुलेन्स वा हवाइ उद्धारमार्फत प्रदेश अस्पताल वा तोकिएको अन्य अस्पतालमा उपचारका लागि लैजाने बताए । 

यसैगरी कोरोना संक्रमितका लागि प्रदेश अस्पतालमा २ सय आइसोलेसल बेड,  ४० वटा आइसियू र २० वटा भेन्टिलेटर सहितको सघन उपचार कक्ष बनाइने भनिएको छ ।  

स्थानीय स्तरमा कोभिड सम्बन्धी जनचेतना फैलाउन स्वयमसेविका परिचालन गरिने  भनिएको छ । स्वयमसेविका परिचालनका लागि कर्णाली प्रदेशले ४ करोड रुपैयाँ छुट्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप