हिमालय एयरलाइन्सले जून १६बाट उद्धार चार्टर्ड उडान गर्ने, कोभिड जाँच रिपोर्ट अनिवार्य (उडान तालिका सहित)
काठमाडौं– हिमालय एयरलाइन्सले यही जून १६ देखि २४ सम्म विभिन्न देशमा फसेका नेपालीहरुको उद्धारका लागि उडान भर्ने भएको छ । एयरलाइन्सले कोभिड १९ महामारीका कारण विभिन्न मुलुकमा फसेका नेपालीहरुलाई फिर्ता ल्याउन नेपाल सरकारको अनुमति र अधिकार पत्रको आधारमा यही जून १६ देखि जून २४ सम्म उद्धार चार्टर्ड उडान गर्ने भएको हो ।
सरकारले पहिलोपल्ट तोकेको भाडादर महंगो भएको भन्दै चौतर्फी विरोध भएपछि भाडा घटाउँदै हिमालय एअरलाइन्सले नयाँ भाडा दर र उडान तालिका सार्वजनिक गरेको हो । हिमालय एअरलाइन्सले तोकेको नयाँ भाडादर केहीमा नेपाल एअरलाइन्सभन्दा सस्तो छ भने केहीमा महंगो छ ।
एयरलाइन्सले कुन देशबाट कहिले उद्धार गर्ने र कहाँबाट टिकट खरिद गर्न सकिनेबारे मूल्य सूचिसहितको तालिका नै सार्वजनिक गरेको छ ।
नेपाल फर्कन चाहने यात्रुले कोभिड जाँच गरेको रिपोर्ट भने अनिवार्य पेश गर्नुपर्ने प्रावधान पनि एयरलाइन्सले राखेको छ । त्यसैगरी, नेपाल आइसकेपछि नेपाल सरकारले तोकेबमोजिम अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने पनि एयरलाइन्सले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।
यहाँ हेर्नुस् कुन दिन कुन देशबाट उद्धार चार्टर्ड उडान हुँदैछ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण