सुशान्तलाई सम्झँदै दीपकराज गिरी लेख्छन्–‘आत्महत्या गर्ने मानिसले तुरुन्तै डोरी लगाउँदैन’
काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको खबरप्रति नेपाली कलाकारहरुले समेत दुःख ब्यक्त गरिरहेका छन् । यस्तैमा अभिनेता दीपकराज गिरीले पनि सुशान्तलाई सम्झिएका छन् । दीपकले उनलाई उनकै अभिनय रहेको फिल्म ‘छिछोरे’ को मार्फत सम्झिएका हुन् ।
गिरीले सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेख्दै सुशान्तप्रति हार्दिक श्रद्धान्जली ब्यक्त गरेका छन् । सुशान्तसिंह राजपुत जसले फिल्म ‘छिछोरे’ मार्फत आत्महत्याबिरुद्ध त्यति मिठो सन्देश दिएका थिए । आज उनी स्वयं आत्महत्याको निर्दयी पासोमा झुन्डिएर प्राण त्याग गरेभन्दा एक छिनसम्म आफुलाई पत्यार नलागेको दीपकले बताए ।
दीपकले आज म लैख्छु भन्दै सुरु गरेको लामो स्टाटसमा विश्वभर महामारीको रुपमा फैलिएको आत्महत्या जस्तो डरलाग्दो रोगको बारेमा थोरै ध्यान दिने गरेकोमा चिन्ता समेत व्यक्त गरेका छन् । ‘आत्महत्या गर्ने मानिस तुरुन्तै डोरी लगाउँदैन । उसले केही संकेत अरु अवश्य गरेको हुन्छ । आफु पीडामा रहेको कुरा नजिकका साथीभाईलाई सिधा वा घुमाउरो ढंगले भनेकै हुन्छ’ दिपकको अगाडि लेखेका छन्– ‘यस्तो बेलामा सकेसम्म सम्झाउने कोसिस गर्नुपर्छ, म छु, केहि गरौंला, हेरौंला, चिन्ता नगर, यो सबैको समस्या हो, एकदिन ठिक हुन्छ भनेर सान्त्वना दिनुपर्छ ।’
कोरोनाले श्रृजित बिभिन्न समस्या मनमा खेलाउँदा डिप्रेसन हुन सक्ने खतरा रहेको समेत देखेको दीपकले कोरोनाको यो महामारीको समय आफ्नो र आफ्नो परिवारको मानसिक स्वास्थ्यको ख्याल गर्न समेत सबैलाई सुझाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण