ट्याक्टर दुर्घटना एक को मृत्यु
मङ्गलबार, ०२ असार २०७७, १० : ५७
जुम्लाको पातारासी गाउँपालिकामा ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ ।
सोमबार राति भे १ त ७३३२ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेर पातारासी ४ का ४८ बर्षिय जयवहादुर बुढाको मृत्यु भएको हो ।
जुम्ला सदरमुकाम खलंगादेखि पातारासीको लासी बजारसम्म छड र सिमेन्ट लिएर जाँदै गरेको ट्याक्टर कोटाभिड नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
ट्याक्टरमा चढेका अरु दुई जना घाइते भएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।
ट्याक्टर सडकबाट झण्डै ५० मिटर तल खसेको छ । घाइते हुनेमा बर्ष ३६ का बीरवहादुर बुढा र बर्ष ३८ का धनसुर बुढा रहेका छन् । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइराखेको छ ।
ट्याक्टर चालक यज्ञराज बोहोरा प्रहरी नियन्त्रणमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण