प्राकृतिक चिकित्सा विधिबाट कोरोनाको उपचार गरिँदै
नवलपरासी – (बर्दघाट–सुस्ता पूर्व)को देवचुली नगरपालिकामा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । जिल्लाकै पहिलो कोरोना अस्पतालका रुपमा सेवा प्रदान गरेको चिकित्सालयले नेपालमा नै पहिलोपटक प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार शुरु गरेको हो ।
हाल अस्पतालमा जिल्लाभरिका ५६ जना कोरोना सङ्क्रमितले उपचार गराइरहेका अस्पतालका निर्देशक डाक्टर विनोद पौडेलले जानकारी दिनुभयो । “प्राकृतिक चिकित्सा विधिबाट ५६ जना कोरोना सङ्क्रमितले उपचार गराइरहेकोमा बिहीबार थप ३१ जना सङ्क्रमित ल्याएर उपचार शुरु गरिएको छ”, पौडेलले भने ।
स्वस्थ खानेकुरा खान दिएर छिटो रोग प्रतिरोधात्मक क्षमता बढाउँदै सङ्क्रमितलाई स्वस्थ बनाउनका लागि प्राकृतिक उपचार विधिको महत्वपूर्ण भूमिका रहेको उनले बताए । सङ्क्रमित व्यक्तिलाई मानसिकरुपमा स्वस्थ राख्नका लागि पर्याप्त दूरी कायम गरी योग, मेडिटेसन गराएर उनीहरुलाई चाँडो सङ्क्रमणमुक्त बनाउने प्रयासमा आँफूहरू लागेको उनले बताए ।
“प्राकृतिक चिकित्सा विधिबाट उपचार गरिएकाले बिरामीमा जटिलता आएको छैन, सङ्क्रमित खराब अवस्थामा पुगेका छैनन्”, उनले भने । खानाको बारेमा बुझाएपछि बिरामी आफैँले माछामासु खान मन नगरेका उल्लेख गर्दै सबैलाई सन्तुलित आहार प्रदान गरिएको निर्देशक डा. पौडेलले बताए ।
अस्पताल आएका सङ्क्रमितका लागि कोदो तथा फापरको रोटी, फलफूल, भिजाएको गेँडागुडी, खजुरलगायत खाद्य वस्तु नियमित सेवन गराइएको उनको भनाइ छ ।
शक्ति प्रदायक भोजनले सङ्क्रमितलाई गम्भीर अवस्थामा पुग्न नदिने, छिटो सङ्क्रमणमुक्त बनाउने तथा समुदायमा फैलिनबाट रोकथाम गर्ने पौडेलले बताए । कोरोना सङ्क्रमित व्यक्ति अस्पतालमा पुगेपछि प्राकृतिक उपचार पद्धतिका कारण विस्तारै निको हुँदै गएका उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण