उपभोक्तालाई ठग्न नपाएपछि ब्यापारीले गरे सांकेतिक विरोध (फोटोफिचर)
काठमाडौं– आपूर्ति मन्त्री शिवकुमार मण्डलले कालोबजारी भइरहेको सूचनाका आधारमा छापा मारेको विरोधमा काठमाडौंको दरबारमार्गको ब्यापारीले दशैंको मुखमा पसल बन्द गरेर सांकेतिक विरोध जनाएका छन् ।
राजधानीका अधिकांश पसलहरुमा दशैं अफर भन्दै सहुलियत दिने गरेको प्रचार गर्ने तरउपभोक्तालाई भने अत्याधिक मूल्य लिएर वस्तु बिक्रि गर्ने गरेका छन् ।
आपूर्तिमन्त्री मण्डलको नेतृत्वमा गरिएको आकस्मिक अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको पाइएपछि दरबारमार्गमा अन्तर्राष्ट्रिय ब्राण्डका सामान बेच्ने चार पसलमा बुधबार शिलबन्दी गरेको थियो । मन्त्रीकै नेतृत्वमा गएको अनुगमन टोलीले उपभोक्ता ठगी गरेको पाएपछि दरबारमार्गका स्टोर(वान, ब्रेन्टली, पुमा र नाइके ब्रान्डका सामान बेच्ने पसल शिलबन्दी गरेपछि ब्यापारीहरु आन्दोलित भएका हुन् ।
अनुगमन टोलीकाअनुसार ती पसलमा बिल बीजक नभएको, बढी मूल्य लिएको र वास्तविक मूल्यमा अत्यधिक वृद्धि गरी दशैँ छुट गरिएको भेटिएकाले सिलबन्दी गरिएको हो । ती पसलले ४ हजार ७ सय रुपैँयामा खरिद गरेको जुत्ता २६ हजार ९ सय ९० रुपैँयामा बिक्री गरेको र दुई हजार ६ सयको सामान २६ हजारमा बिक्री गरेको फेला पारेको थियो ।
खरिद र बिक्री मूल्यमा धेरै अन्तर राखेका पसललाई सबै कारोबारको कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ । कालोबजारी ऐनमा २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने व्यवस्था रहे पनि ब्यापारीले भने चर्को मूल्यमा बेच्च पाउनुपर्ने भन्दै सांकेतिक विरोध जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिक्रमित सबै जग्गा किनबेच र हस्तान्तरण रोक्न पत्राचार
-
कर्णालीको सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड बजेट
-
कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
-
जी–७ को सम्मेलन फ्रान्समा सुरु हुँदैः को–को जाँदैछन्, के छन् एजेन्डा ?
-
भागबण्डा नमिल्दा सुदूरपश्चिमको बजेट भाषण अनिश्चित
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण