जापानमा सतर्कतापूर्व अर्थतन्त्र पुनः सुचारु, स्वास्थ्य सतर्कता पनि कायमै
एजेन्सी । जापानमा कोरोनाभाइरसको खतराका कारण बन्द गरिएका आर्थिक गतिविधिहरुलाई पुनः सुचारु गर्न थालिएको छ । व्यापार व्यवसाय सञ्चालनका लागि सरकारी तवरबाट आग्रह गरिएको तर जबरजस्ती भने नगरिएको अधिकारीहरुले जनाएका छन् । रेस्टुरेन्टहरुलाई सकेसम्म धेरै सिटहरु कोठाभन्दा बाहिर बनाउन सुझाव दिएको पनि जनाइएको छ ।
कोरोनाभाइरसको जोखिम अझै पनि उत्तिकै रहेकाले जुन सुकै गतिविधि गर्दा पनि सामाजिक दुरी कायम गरेर मात्रै गर्न चिकित्सकहरुले आग्रह गरेका छन् । विश्वभरी नै नयाँ सामान्यतालाई ख्याल गर्दै पुरानै अवस्थामा फर्किने क्रम शुरु भइसकेकाले जापानमा पनि सतर्कता र सन्तुलनलाई ध्यान दिन लगाइएको छ ।
कोरोनाभाइरससँग डराएर लामो समयसम्म आर्थिक गतिविधिहरु बन्द गर्दा पर्याटन, निर्यातसँगै साना व्यापार व्यवसायहरुलाई धेरै मर्का परेको पाईएको छ । जापानमा अन्य कतिपय देशहरुमा झै लकडाउन अति कडाइका साथ लागू नगरिएकाले कोरोनाभाइरसको खतरा र त्यसले क्षति गर्नसक्ने संभावना अझै पनि रहेकाले त्यसलाई ध्यान दिनै पर्ने अर्थविद्हरुले पनि बताएका छन् ।
जापानले कतिपय बस्तु तथा सेवाहरु निर्यात गर्ने देशहरुमा पनि अझै सामान्य अवस्था नआएको र आवतजावत गर्न वा ढुवानी गर्न नपाईएकाले अर्थतन्त्रमा असर भने परि नै रहेको उनीहरुको भनाई छ ।
अर्थविद्हरुले जापानको अर्थतन्त्र तत्कालै र सजिलै सुधार हुने अवस्थामा नरहेको पनि विश्लेषण गरेका छन् ।-एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण