नेपाली उत्पादन ‘स्कूल गर्ल’ सेनिटरी प्याड बजारमा, विद्यायहरुमा वितरण गरिने
काठमाडौं– सेफ्टीले सरकारद्वारा जारी आवश्यक मापदण्डअनुसार नयाँ सेनिटरी प्याड ‘स्कूल गर्ल’ बजारमा ल्याएको छ ।
यो सेनिटरी प्याड ‘स्कूल गर्ल’का विशेषताहरु भनेको प्याडको लम्बाई २४० मिमी, मोटाई १३ मिमी र चौडाई ६५ मिमी हुनुका साथै पर्याप्त शोस्ने क्षमता भएको छ र प्रयोग गरेपछि नष्ट गर्न मिल्छ पनि । नेपालकै उत्पादन ‘स्कूल गर्ल’ सरकारको निर्देशनअनुसारका गुणस्तरहरुमा आधारित रहेर उच्च मापदण्डको बनाइएको कम्पनीले बताएको छ ।
सही शिक्षा, स्रोत साधनहरुको अभावमा बालिकाहरु उनीहरुको रजस्वला अवधिभर विद्यालय जानबाट बञ्चित भएर घर मै बस्नु पर्ने बाध्यता छ, जसले गर्दा उनीहरुले विद्यालयको पढाई छुटाउने गरेका छन् । कहिलेकाँही त बालिकाहरुलाई पूर्ण रुपमा विद्यालय नै त्याग्न पर्ने अवस्था पनि सिर्जना हुने गरेको पाइन्छ ।
नेपाल सरकारले बालिकाहरुको पढाईमा रजस्वला भएकै कारण व्यवधान उत्पन्न नहोस् भन्ने उद्देश्यका साथ नेपालभरका विद्यालयहरुमा सित्तैंमा सेनिटरी प्याड वितरण गर्ने घोषणा गरिसकेको छ । यस अभियानको उद्देश्य सेनिटरी प्याडको सहायताले नेपालका ग्रामीण भेगका किशोरीहरु रजस्वला हुँदा पनि विद्यालय जान नछुटुन् भन्नलाई मासिक स्राव सम्बन्धी स्वच्छ स्वस्थ उत्पादनहरुको पहुँचमा पुगुन् भन्ने नै हो ।
नेपालको ग्रामीण भेगमा बसोबास गर्ने ठूलो संख्याका बालिका, किशोरी, युवतीहरु हरेक वर्ष पिसाब तथा विभिन्न किसिमका रोग र संक्रमणबाट पिरोलिने गरेको पाइएको छ र यसको एक प्रमुख कारण सेनिटरी प्याडमा उनीहरुको पहुँच नभएकोले त्यसबाट उत्पन्न हुने अस्वस्थकर मासिक स्राव सरसफाइ नै हो ।
स्कूल गर्ल सेनिटरी प्याड बिक्री शुभारम्भ गर्दै सेफ्टीका बजार व्यवस्थापक स्वर्णिमा राजभण्डारीले भनिन्, ‘हामी यो नयाँ उत्पादन ‘स्कूल गर्ल’लाई सरकारको मापदण्ड अनुकूल हुने गरी प्रस्तुत गर्न सक्षम भएकोमा हर्षित एवं गौरवान्वीत पनि भएका छौं र सेनिटरी प्याडहरु निःशुल्क वितरण गर्ने भनी सरकारले अपनाएको उल्लेखनीय पहलमा हाम्रो पनि सहयोग रहने अपेक्षा हामीले गरेका छौं । अब यो प्याडको सहायताबाट मासिक स्राव भएको बखतमा विद्यालय जानबाट बञ्चित रहने किशोरीहरु निरन्तर विद्यालय जान सक्नेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण