सुशान्त आत्महत्या प्रकरणः शंकाको घेरामा सलमान खानदेखि रिया चक्रावर्तीसम्म

एजेन्सी । अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यासँगै बलिउडमा अनेक शंका–उपशंका सुरु भएको छ । केही कलाकारले राम्रा फिल्ममा अवसर नपाएका कारण सुशान्त आत्महत्या गर्न बाध्य भएको प्रतिक्रिया दिइरहेका छन् । केहीले यो व्यक्तिगत विषय भएको भन्दै हल्का टिप्पणी नगर्न आग्रह गरेका छन् ।
यसैबीच रिया चक्रावर्तीविरुद्ध सुशान्त सिंहलाई आत्महत्या गर्नका लागि बाध्य पारेको आरोपमा शनिबार बिहार अदालतमा दुरुत्साहन मुद्दा दर्ता भएको छ । मुजफ्फरपुरवासी कुन्द कुमारले चक्रावर्तीविरुद्ध उजूरी दिएका हुन् । २४ जुनमा यस विषयको सुनुवाई हुनेछ ।
यसअघि स्थानीय अधिवक्ता सुधिरकुमार ओझाले दुरुत्साहनकै आरोपमा बलिउडका चर्चित सेलिब्रेटीहरु सलमान खान, आदित्य चोपडा, करण जोहार, सञ्जय लिला भन्साली र एकता कपूरविरुद्ध उजूरी गरेका थिए । यी ठूला कलाकारहरुले सुशान्तको करियर डुबाउने र उनलाई नयाँ स्टार बन्नबाट रोक्ने प्रयास गरेको उनको आरोप थियो । अधिवक्ता ओझाकाअनुसार सुशान्तलाई ७ वटा फिल्मबाट निकालिएको थियो भने उनका केही फिल्मलाई रिलिज हुनबाट रोकिएको थियो । प्रहरीले यस विषयमा छानविन गरिरहेको छ ।
१४ जुनमा मुम्बईस्थित आफ्नै निवासमा सुशान्त मृत भेटिएका थिए । रियाविरुद्ध सुशान्तलाई आर्थिक र मानसिक रुपमा शोषण गरेको आरोप लागेको छ । मुम्बई प्रहरीले पनि उनीसँग बयान लिइसकेको छ र प्रहरीले रियासहित १५ व्यक्तिको बयान रेकर्ड गरेको छ । प्रहरीसँगको बयानमा रियाले आफु सुशान्तसँग डेटिङमा रहेको स्वीकार गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ
-
गल्ती भएका कुरामा सुध्रिन तयार छौँ : उपसभापति खड्का
-
बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण
-
भाजपाका विदेश विभागका प्रमुख चौथाइवालेको राजनीतिक भेटघाट तीव्र
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
श्रमिक दिवसबारे नै बेखवर छन् श्रमिक