लुकाकुको गोलमा इन्टर विजयी
सोमबार, ०८ असार २०७७, ०७ : ४९
इटालिन सिरिए ए मा रोमेलु लुकाकुको सिजनको १८ औँ गोलको मद्दतले इन्टर मिलानले साम्पडोरियामाथि २–१ को जीत हासिल गर्न सफल भएको छ ।
१० यार्ड टाढाबाट गोल गरेपछि म्यान्चेस्टर युनाइटेडका पूर्व स्ट्राइकरले अश्वेतहरुको पक्षमा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए । लाउटारो मार्टिनेजले खेलको ३३ औँ मिनेटमा इन्टरको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा मोर्टेन थ्रोस्बीले साम्डोरियाका लागि एक गोल फर्काए ।
जीतपछि इन्टर ५७ अंकसहित तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको युभेन्टसभन्दा एक खेल कम खेलेको इन्टर ६ अंकले पछि रहेको छ । कोरोनाभाइरसका कारण गत माच ९ देखि स्थगित भएको इटालियन लिग पुनः सुचारु भएको छ ।
अन्य खेलमा जेनाआलाई लाजियोले ३–२ गोलअन्तरले हरायो भने रोमाले लिसमाथि ४–० को जीत हासिल गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण