शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

लुकाकुको गोलमा इन्टर विजयी

सोमबार, ०८ असार २०७७, ०७ : ४९
सोमबार, ०८ असार २०७७

इटालिन सिरिए ए मा रोमेलु लुकाकुको सिजनको १८ औँ गोलको मद्दतले इन्टर मिलानले साम्पडोरियामाथि २–१ को जीत हासिल गर्न सफल भएको छ ।

१० यार्ड टाढाबाट गोल गरेपछि म्यान्चेस्टर युनाइटेडका पूर्व स्ट्राइकरले अश्वेतहरुको पक्षमा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए । लाउटारो मार्टिनेजले खेलको ३३ औँ मिनेटमा इन्टरको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा मोर्टेन थ्रोस्बीले साम्डोरियाका लागि एक गोल फर्काए ।

जीतपछि इन्टर ५७ अंकसहित तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको युभेन्टसभन्दा एक खेल कम खेलेको इन्टर ६ अंकले पछि रहेको छ । कोरोनाभाइरसका कारण गत माच ९ देखि स्थगित भएको इटालियन लिग पुनः सुचारु भएको छ ।

अन्य खेलमा जेनाआलाई लाजियोले ३–२ गोलअन्तरले हरायो  भने रोमाले लिसमाथि ४–० को जीत हासिल गर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप