दक्षिण अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट १ लाख बढीको मृत्यु
मन्टेभिडियो । दक्षिण अमेरिका र क्यारेबियन राष्ट्रहरुमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या मंगलबारसम्ममा एक लाख नाघेको छ । एएफपी समाचार संस्थाको गणनाअनुसार मृत्यु भएकामध्ये आधाभन्दा बढी ब्राजिलका नागरिक छन् ।
दक्षिण अमेरिकामा कोरोनाभाइरसबाट सबैभन्दा प्रभावित मुलुकहरुमा ब्राजिल, मेक्सिको, पेरु र चिली रहेका छन् । यस क्षेत्रमा कूल संक्रमितको संख्या पनि करिब २१ लाख पुगिसकेको छ । ब्राजिलमा हालसम्म ५२ हजार ६४० जनाभन्दा बढीको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ भने ११ लाख ४५ हजार ९०६ जना संक्रमित छन् । ब्राजिलमा मृत्यु हुनेको संख्या संयुक्तराज्य अमेरिकापछि दोस्रो स्थानमा छ ।
पेरुमा पनि कोरोनाभाइरसबाट संक्रमितको संख्या २ लाख ६० हजार नाघेको छ । पेरुमा जारी अनिवार्य लकडाउन १०० दिन पुगेको छ । पेरुको छिमेकी राष्ट्र कोलम्बियाले क्वारेन्टिनको अवधि आगामी जुलाई १५ सम्म बढाएको छ । कोलम्बियामा २ हजार ४०४ जनाभन्दा बढीको मृत्यु हुनुका साथै ७४ हजारको हाराहारीमा मानिस संक्रमित छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण