जवान छोरीलाई ओठमा चुम्बन गरेर फसे यी नायक, इन्टरनेटमा गालीको वर्षा
आजकाल इन्टरनेटमा हंगकंगका एक नायकमाथि गालीको वर्षा भइरहेको छ । ६२ वर्षीय जोसफ लीले आफ्नी छोरीसँग एक तस्बिर सोसल साइटमा सेयर गरे जसका कारण उनी चर्चाको केन्द्र बने । उक्त तस्बिरमा जोसेफ आफ्नी १५ वर्षीया छोरीलाई ओठमा चुम्बन गरिरहेका थिए ।
एउटा फोटोमा मच्चियो बबालः
सोसल नेटवर्किङ साइट बिबोमा जोसेफले आफ्नी छोरी चेरीको १५ औं जन्मदिनको फोटो सेयर गरेका छन् । उक्त तस्बिरमा उनी आफ्नी छोरीको ओठमा चुम्बन गरिरहेको देख्न सकिन्छ । तस्बिर अपलोड हुन बित्तिकै मानिसहरुले विभिन्न नकारात्मक प्रतिक्रिया दिन सुरु गरे । मानिसहरुले यसलाई निच र तल्लो स्तरको व्यवहार भन्न सुरु गरे । यस्तै केहीले पनि नायकको समर्थन पनि गरे । तस्बिरमा गलत देख्नेहरुको सोच नै गलत भएको मानिसहरुले बताइरहेका छन् ।
जोसफले मेसेज गरेर दिए स्पष्टिकरणः
मिडियामा एक मेसेज पठाउँदै जोसफले छोरीलाई बाल्यवस्थादेखि नै ओठमा चुम्बन गर्ने गरेको बताए । उनका अनुसार यसमा कुनै पनि नकारात्मक भावना थिएन । उनले भने, ‘मैले एक पिताको रुपमा नै आफ्नी छोरीलाई चुम्बन गरेको हुँ । धेरै मानिसहरुले मलाई बुझ्छन् । मलाई यो तस्बिरमा कुनै आपत्ति छैन । ’
यस्तै जोसफकी छोरी चेरीले पनि यदि यो तस्बिरमा केही अश्लिल देखिएको छ भने मानिसहरुको दिमाग नै फोहोर हो भन्दै खण्डन गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
-
नेपाल र विश्वलाई जोड्न डायस्पोरा पत्रकारको भूमिका महत्त्वपूर्ण : निर्मला शर्मा
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण