सीके राउत नेतृत्वको जनमत पार्टीका ७ नेताद्वारा पार्टी परित्यागको घोषणा
परासी । डा सिके राउत नेतृत्वको जनमत पार्टीका ७ जना केन्द्रीय सदस्यले पार्टी परित्यागको घोषणा गरेका छन् । राउतको कार्यशैलीप्रति असन्तुष्ट बन्दै केन्द्रंीय सदस्य कैलाश महतोसहित ७ जना केन्द्रीय सदस्यले पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
पार्टी परित्याग गर्नेमा नवलपरासीबाट पार्टीका केन्द्रीय सदस्य कैलाश महतो, धुव्र प्रसाद गौड, राजमति पासवान, कपिलवस्तुका हकिकुल्ला मुसलमान, सिरहाकी सतिला यादव, बाराका दिनेश प्रसाद यादव, पर्साका संजय कुमार साह रहेका छन् । कैलाश महतो राउतद्वारा गठित तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका सह–संयोजक तथा निकटस्थ मानिन्छन् ।
राउतले मधेशको हकहितमा आवाज बुलन्द नगर्ने बरु उल्टै नेकपा नेतृत्व सरकारको वकालत गर्दै मधेका एजेण्डालाई पनि बिर्सिदै गएकोे उनीहरुको आरोप छ ।
कैलाश महतोले नवलपरासीमा आयोजित पत्रकार सम्मेलनमा आजदेखि आफूहरुले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको र अब कुन बाटो अपनाउने भन्नेमा चाँडै निर्णय लिइने बताए ।
त्यस्तै जनमत पार्टीको जिल्ला कार्यसमितिले पनि पार्टीबाट सामूहिक राजीनामा दिएको छ । पार्टीका जिल्ला अध्यक्ष श्रीकृष्ण यादवको नेृत्वमा गठित २३ सदस्यीय कार्यसमितिमा २ जना बाहेक २१ जनाले सामूहिक राजिनामा दिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समय बलवान छ, सुर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
-
सर्वोच्चको व्याख्याः मतियारलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्न मुख्य कसुरमा मुद्दा चल्न पर्छ भन्ने छैन
-
सरकारले विश्वविद्यालयमा कस्तो नेतृत्व खोजेको हो ?
-
इप्पानको नयाँ कार्यसमितिले लियो शपथ
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण