आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बुद्धचित्तको मालासहित पक्राउ

आइतबार, १४ असार २०७७, १८ : ०५
आइतबार, १४ असार २०७७

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बडेगाल बस्ने सरोज तिम्सिनालाई अवैध रुपमा सञ्चय गरी राखेको  बुद्धचित्तको माला ११ केजी ७ सय ग्राम तथा खुल्ला नबुनेको अवस्थामा रहेको बुद्धचित्त२४ केजी सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा अवैध रुपमा बुद्धचित्त सञ्चय गरी राखेको भन्नेन सूचनाको आधारमा महानगरीय प्रहरी वृत्तस्वयम्भूबाट खटिएको प्रहरीले घर तलासीगर्दा सानो माला ४ सय १६ थान र ठूलो माला ६ थान गरी उक्त परिमाणको बुद्धचित्तको माला र बुद्धचित्त फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप