मुकुन्डो लगाएर आएको समूहद्वारा वडाध्यक्षमाथि कुटपिट, घटनास्थलमा विप्लव समूहको पर्चा फेला
मङ्गलबार, १६ असार २०७७, १४ : ०४
बुटवल । दाङमा एक वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट भएको छ । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुमित खड्काले जानकारी दिए ।
घटनास्थलमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।
मुखुण्डो लगाएर चारजनाको समूहमा कार्यालयभित्र प्रवेश गरेका उनीहरुले अध्यक्षमाथि कुटपिट गरेको बताइएको छ । कुटपिट गर्नुको कारण खुल्न सकेको छैन ।
वडा अध्यक्षलाई सो समूहले रडजस्तो वस्तुले हान्दा चोटपटक लागेको डीएसपी खड्काले बताए । घाइते भएका वडाअध्यक्षलाई उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले कुटपिटमा संलग्नको खोजीकार्य भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण