ओलीलाई हटाउन पाइँदैन भन्दै पोखरामा प्रदर्शन, भारतले चलखेल गरेको आरोप
शुक्रबार, १९ असार २०७७, ०९ : ३७
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई हटाउन पाइँदैन भन्दै पोखराको मानअधिकार चोकमा सडकजाम गरेर उनका समर्थकहरु आन्दोलनमा उत्रिएका छन् । नेकपामा देखिएको विवादमा भारतले ओली सरकार ढाल्न लागेको आन्दोलनकारीले आरोप लगाएका छन् ।
आन्दोलनका क्रममा प्रचण्डप्रति लक्षित गर्दै भारतीय दलाल मुर्दाबाद लगायतका नाराहरु लगाएका थिए । उनीहरुले धरै समय भने ‘आजलाई होइन, भोली पाँच बर्ष ओलीलाई ’ भन्ने नारा लगाएका थिए । आन्दोलनमा युवा र विद्यार्थी संगठनका कार्यकर्ताहरुको उपस्थिति बढी देखिएको थियो ।

आयोजकले कार्यक्रममा ठुलो संख्यामा उपस्थित हुने अपेक्षा गरेको भए पनि आन्दोलनमा भने करिव पचास जनाको संख्यामा मात्र सहभागिता रहेको थियो । आन्दोलन चिप्लेढुङ्गाबाट नाराजुसुलसहित सुरु भएर मानब अधिकारचोकमा पुगि कार्यक्रम समापन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
-
विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी गर्ने सरकारको योजना
-
कतार भ्रमण सकेर स्वदेश फर्किए उपराष्ट्रपति यादव
-
‘शरणार्थी बनाएर बेच्न हिसाबकिताब राखिएको डायरी अदालतमा बुझाएका छौं’
-
बागमतीका एमाले सांसदलाई प्रश्नः सरकारबाट हट्नै लाग्दा फेरि किन राजीनामा होल्ड भयो ?
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण