कर्णाली प्रदेशसभाको बैठक शुरु
सुर्खेत । केही दिनदेखि बस्न नसकेको कर्णाली प्रदेशसभाको बैठक आज बसेको छ । यही असार ११ गते प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस बैठक अवरुद्ध गरेपछि बैठक बस्न सकेको थिएन । आजको बैठकमा प्रतिपक्षी दल काँग्रेसका सभासदहरु भने उपस्थित भएनन् । काँग्रेस सभासद दीनबन्धु श्रेष्ठले सबै मन्त्रालयको किताब एकैपटक नआएका कारण बैठकमा भाग नलिएको बताए ।
असार ११ गतेको बैठकमा सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रदेशसभा सचिवालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयका शीर्षकहरुमाथिको छलफल प्रारम्भ गरेलगत्तै काँग्रेसले अवरोध गरेपछि बैठक स्थगन भएको थियो ।
आजको बैठकमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सभामा स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक, २०७७ पेश गरे । प्रदेशसभाको अर्को बैठक भोलि १ः०० बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण