छिमेकीलाई कुटेर खोलामा फाल्ने फरार अभियुक्त पक्राउ
-रामहरि श्रेष्ठ
ओखलढुंगा । ओखलढुंगा प्रहरीले ज्यान मार्ने उद्योगका एकजना फरार अभियुक्तलाई ६ महिनापछि पक्राउ गरेको छ । गत फागुन १० गते छिमेकीलाई मरनासन्न हुनेगरी कुटपिट गरेर फरार रहेका लिखु गाउँपालिका ४ का बिष्णु भनिने ताराबहादुर पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई शनिबार आज उनकै घरबाटे पक्राउ गरिएको ओखलढुंगा प्रहरी निरिक्षक मिलन बस्नेतले बताए ।
पक्राउ परेका पाण्डेले गत फागुन १० गते मादक पदार्थ सेवन गरेर छिमेकी रिकाबहादुर थापालाई मरनाशन्न् हुनेगरी कुपपिट गरेका थिए । कुपपिटपछि पीडित रिकाबहादुरका छोरा दलबहादुर थापाले जिल्ला प्रहरी कार्यलयमा ज्यान मार्ने उद्योग अन्तर्गत उजुरी दर्ता गराएपछि उनी फरार रहेका थिए ।
सामान्य विवादका कारण पाण्डेले रिकाबहादुरलाई कुटपिट गरेर खोलामा फालिदिएको पीडित पक्षको आरोप छ । घाइते रिकाबहादुर लामो समयको उपचारपछि भर्खर मात्रै घर फर्किएका छन् । पक्राउ परेका पाण्डेलाई जिल्लामा ल्याईदै गरेकाले आईपुगेपछि थप अनुसन्धान गरिने प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण