रातो मच्छिन्द्रनाथको पुनर्निर्माण थालियो
काठमाडौं । ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् सुरु भएको छ ।
असार २० गते क्षमा पूजा गरी सोमबारबाट काम सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले जानकारी दिए ।
शाक्यका अनुसार सोमबार मन्दिर परिसरमा छरिएका निर्माण सामग्री मिलाउने र ढुंगाका खम्बाहरु एकत्रित गर्ने कार्य गरिएको छ ।
उपभोक्ता समितिले सिकर्मी एवं अन्य निर्माणकर्मीहरुसँग छलफल पनि गरेको छ ।
मन्दिर पुनर्निर्माणका लागि असार १५ गते ललितपुर महानगरपालिकाले सिफारिस गरेको शाक्य नेतृत्वको उपभोक्ता समितिसँग पुरातत्व विभागले सम्झौता गरी पेश्की रकम उपलब्ध गराइएको पुरातत्व विभागका सिडिई सम्पत घिमिरेले जानकारी दिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा पुरातत्व विभागले मन्दिर पुनर्निर्माणको प्राविधिक रेखदेख गर्नेछ ।
उपभोक्ता समिति र पुरातत्व विभागबीच भएको सम्झौताअनुसार समितिले एक वर्ष (२०७८ असार १५ गते) भित्र ३ करोड ८ लाख रुपैयाँमा मन्दिरको पुनर्निर्माण गर्नेछ । सम्झौतापछि उपभोक्ता समितिले ४० लाख रुपैयाँ पेश्की लगेको छ ।
यसअघि श्रीलंका सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत् रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण अघि बढाइएको थियो । पूर्वयोजना अनुसार मन्दिर पुनर्निर्माण अघि नबढेपछि जनप्रतिनिधि एवं स्थानीयको सुझावअनुसार ठेक्का तोडी उपभोक्ता समितिमार्फत् गर्न लागिएको हो ।
मन्दिर पुनर्निर्माणको अनुगमनका लागि प्राधिकरणका कार्यकारी समिति सदस्यको नेतृत्वमा ललितपुर महानगरपलिका एवं सम्बन्धित वडाका प्रतिनिधि, पुरातत्व विभागका प्रतिनिधि, बुंगमती क्षेत्र पुनर्निर्माण तथा विकास समितिका प्रतिनिधि, परामर्शदाता र विज्ञ सम्मिलित एउटा समिति पनि गठन गरिएको छ ।
पुस १४ गते सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयमा बसेको जनप्रतिनिधिहरुसहितको बैठकले मन्दिरको बाँकी कामको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् गराउने निर्णय गरेको थियो ।
उपभोक्ता समितिमार्फत् सम्पदा पुनर्निर्माण गर्दा सकरात्मक परिणाम आएका छन् । रानीपोखरीको पिंध र पानी रहने वरिपरिको पर्खालको पुनर्निर्माण सकेर त्यहाँको उपभोक्ता समितिले गत साता प्राधिकरणलाई हस्तान्तरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण