खल्नागाउँमा पहिरो जाँदा २४ घर विस्थापित
सोमबार, २२ असार २०७७, १६ : २३
कालिकोट । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–५ खल्लागाउँका २४ घरधुरी पहिराको उच्च जोखिममा परेका छन् । निरन्तर पानी पर्न थालेपछि गाउँमाथिबाट पहिरो खस्न थालेकाले गाउँ नै जोखिममा परेको हो ।
निरन्तर पहिरो आउन थालेपछि गाउँ नै जोखिममा परेको किर्डाक कालीकोटका शैक्षिक अधिकृत धनीराम न्यौपानेले बताए । ‘२४ घरधुरीका १२६ परिवार प्रभावित भएका छन्’, उनले भने– ‘तीमध्ये ६२ जना बालबालिका, एक जना वृद्ध र तीन जना अपाङ्गता भएका अतिप्रभावित भएका छन् ।’
पहिराका कारणले गाउँमा लगाइएको बालीनाली नष्ट भएको र अहिले गाउँलेलाई सुरक्षित स्थानमा सारिएको स्थानीयवासी दिनेश चदाराले बताए । ‘अहिले गाउँलेलाई सुरक्षित स्थानमा राखिएको छ’ उनले भने– ‘२४ घर भत्किएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण