ओखलढुंगामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
ओखलढुंगा । ओखलढुंगाका थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भारतबाट आएका लिखु गाउँपालिकाका ३ जना युवामा सोमबार कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले जनाएको छ । गाउँपालिकाका २२,२८ र ३० वर्षका युवामा कोरोना संक्रमण पुष्टी भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।
उनीहरुमध्ये दुईजना साउदी तथा एकजना बाग्लुङ हुँदै काठमाण्डौबाट आएको पुष्टी भएको छ । गत बिहिबार उनीहरुसहित सोही गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका २० जनाको थ्रोट स्वाब संकलन गरेर कोरोना परीक्षणमा पठाईएकामध्ये ३ जनामा मात्रै संक्रमण पोजेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।
संक्रमित तीनै जनालाई क्वारेन्टिनको छुट्टै भवनमा राखिएको र उनीहरुलाई कोरोना अस्थाई अस्पतालमा पठाउने तयारी गरिएएको गाउँपालिकाले जनाएको छ । यअघि गत असार ७ गते कोरोना पोजेटिभ देखिएका सोही गाउँपालिकाका २८ वर्षीय युवा आजै डिस्चार्ज भएर घर फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण