अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्धको तयारी
अमेरिकाले टिकटकसहित चिनियाँ एपहरुलाई प्रतिबन्ध गर्नेबारे सोचिरहेको सेक्रेटरी अफ स्टेट माइक पम्पेओले बताएका छन् । फक्स न्यूजमा लाउरा इंग्राहमसँगको अन्तरवार्तामा पोम्पेओले यसबारे गम्भीररुपमा विचार गरिरहेको बताएका हुन् ।
पोम्पेओलाई इंग्राहमले अमेरिकाले टिकटकजस्ता चिनियाँ सामाजिक सञ्जाल एपहरु प्रतिबन्धबारे के सोचिरहेको भनेर प्रश्न गरेकी थिइन् । जवाफमा पोम्पेओले भने, ‘जनताको मोबाइलमा चिनियाँ एपको बारेमा अमेरिकाले सही निर्णय लिनेछ । यसबारेमा हामीले सोचिरहेका छौँ ।’ उनले आफ्नो निजी जानकारी चिनियाँ कम्युनिस्ट पार्टीको हातमा पुगोस् भन्ने चाहनेहरुले मात्र त्यस्तो एप डाउनलोड गर्न सुझाव दिए ।
यस विषयमा टिकटकले कुनै पनि प्रतिक्रिया दिएको छैन । टिकटकलाई बेइजिङको बाइटडान्स नामक कम्पनी सञ्चालन गरिरहेको छ । यस एपमाथि अमेरिका नेताहरुले चिनियाँ गुप्तचरको निर्देशनमा काम गरिरहेको आरोप लगाउँदै आएका छन् । टिकटकले यसअघि बाइटडान्सभन्दा अलग रहेर काम गरिएको र यसको डाटा सर्भर चीनबाहिर रहेको चिनियाँ कानुन अन्तरगत नपर्ने स्पष्ट पारेको थियो । टिकटकका अनुसार यसको सर्भर अमेरिका र सिंगापुरमा रहेको छ ।
टिकठक अमेरिका र पश्चिममा देशहरुमा निकै लोकप्रिय रहेको छ । यो वर्षको पहिलो तीन महिनामा मात्र ३१.५ करोड पटक यो एप डाउनलोड भएको थियो । हालै मात्र भारतमा यो एपमाथि प्रतिबन्ध लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण