बालुवाटारमा सुरु भयो ओली–प्रचण्ड ‘वान टु वान’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्व व्यवस्थापनका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच ‘वान टु वान’ वार्ता सुरु भएको छ ।
दुई नेताबीचको वार्ता चार बजेलाई तय भएपनि केही ढिला गरी सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
आइतबार यता ओली र प्रचण्डबीच निरन्तर वार्ता हुँदै आएको छ । दैनिक तीन दिनसम्म भएका वार्तामा ओली–प्रचण्डबीच एकले अर्काको कुरा सुन्ने काम भएपनि सहमतिको विन्दु भने पहिचान हुन नसकेपछि उनीहरुबीच पुन वार्ता भएको हो ।
आजको वार्तामा नेताहरुले सहमतिको विन्दु खोट्याउने अपेक्षा गरिएको छ ।
प्रचण्डसहितका शीर्ष नेताहरु प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागिरहेका छन् भने ओली राजीनामा बाहेकमा मात्र सहमति गर्न सकिने बताउँदै आएका छन् ।
दुवै पक्षको यहीँ अडानका कारण नेकपामा ‘टकराव’ चुलिदै गएको छ । जसका कारण असार १८ पछि स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन । सथायी समितिको अर्को बैठक आगामी शुक्रबार बिहान ११ बजेलाई तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण