यो अन्धविश्वासको शिकार थिए शोले फिल्मका ‘ठाकुर’, जीवनभर गरेनन् विवाह
हिन्दी सिनेमा जगतमा केही यस्ता थोरै कलाकार छन् जसको उत्कृष्ट कामको तारिफ जति गर्यो त्यो कम छ । ९ जुलाई १९३८ मा गुजरातको सुरतमा जन्मिएका संजीव उत्कृष्ट कलाकार हुनुका साथै शालीन व्यक्ति पनि थिए । फिल्म शोलेमा ठाकुरको भूमिका उनको अमर रह्यो ।
उनले नया दिन नयी रात फिल्ममा ९ वटा भूमिका निभाएका थिए । कोसिस फिल्ममा श्रवण शक्ति गुमेका र बोल्न नसक्ने व्यक्तिको भूमिकामा देखिएका थिए । आज उनको जन्मजयन्तीमा उनको वास्तविक जीवनबारे केही रोचक किस्सा एक भारतीय मिडियाले प्रकाशित गरेको छ ।
संजीवको वास्तविक नाम जेठालाल जरीवाला थियो तर उनलाई धेरैले स्क्रिन नामबाट चिन्दथे । निकै थोरैलाई थाहा छ कि संजीव कुमारले कहिले पनि विवाह गरेनन् तर प्रेम भने धेरै पटक गरे । संजीवलाई बलिउडका पहिलो रियल लाइफ ब्याचलर पनि भनिन्थ्यो । अहिले यो उपाधि सलमान खानलाई दिइएको छ ।
यस्तो थियो अन्धविश्वासः
संजीव वास्तविक जीवनमा एक निकै अन्धविश्वासको पनि शिकार थिए । उनलाई यो अन्धविश्वास थियो कि उनको परिवारमा जेठो छोरा १० वर्षको हुँदा पिताको मृत्यु हुन्छ । संजीवका हजुरबुवा, बुवा र भाइमाथि यस्तो घटना घटित भइसकेको थियो । संजीवले आफ्ना भाइका छोरालाई धर्मपुत्रको रुपमा पालेका थिए तर पछि उनी १० वर्षको हुँदा उनको भाइको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१११ जनालाई केन्द्रीय सदस्य बनाउने र सदस्यता अध्यावधिक नगर्ने विषय स्वीकार्न सकिन्न : गगन थापा
-
एमाले–कांग्रेसले संविधान संशोधनबारे कार्यदललाई कुनै सुझाव नदिने
-
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन र विपद् पूर्वतयारीबारे जानकारी गराउन सभामुखको निर्देशन
-
रास्वपाको संशोधित विधानमा के छ व्यवस्था ?
-
‘लालीबजार’, ‘रोल नं. १’, ‘आई एम जितबहादुर’ र ‘जाँड’को आम्दानी कति ?
-
सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण