मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

किन भुसको आगोसरी जल्दै छ मधेशमा एमाले भित्र विवाद ?

शनिबार, २४ भदौ २०७४, २१ : ५४
शनिबार, २४ भदौ २०७४

कृष्ण गिरी
काठमाडौं – प्रदेश नं. २ मा निर्वाचन हुने दिन नजिकिदै गर्दा नेकपा एमाले भित्र दुई समुह बीच विवाद बढेको छ । एमालेको स्थायी समितिले २ नं प्रदेशका उम्मेदवारको टुङ्गो लगाएर पार्टी कार्यलय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्यो । तर केपी ओलीले आफैंले गरेको निर्णय विरुद्ध रौतहटको चन्द्रपुर नपाको मेयरमा आफु निकटलाई रातारात टिकट दिएपछि विवाद भएको हो । 


२ नं प्रदेशको उम्मेदवारको टुङगो लगाएपछि पार्टीले सबै जिल्ला समितिलाई पत्रद्धारा यसको जानकारी गरायो । प्रेस विज्ञप्तीमा भनेको छ प्रदेश नं. २ का १ सय ३६ वटै तहका लागि हाम्रो पार्टीका तर्फबाट पार्टी सदस्यहरुको भावना, जनताको चाहना र पार्टी कमिटीहरुको सिफारिसका आधारमा उम्मेदवारहरु चयन गरिएका छन् ।
लोकतन्त्रप्रति प्रतिबद्ध, लामो राजनीतिक जीवन भएका, सामाजिक र नैतिक रुपले राम्रो प्रतिष्ठा भएका, जनतासँग घनिष्ठ सम्बन्ध स्थापित गर्नसक्ने र जनचाहना अनुरुप स्थानीय तहमा नेतृत्व गर्नसक्ने योग्य तथा सक्षम व्यक्तिहरुलाई प्राथमिकताका साथ हाम्रो पार्टीले उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ । तर पार्टीको स्थायी समितिले गरेको निर्णय विपरित रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा बाबुराम दाहललाई  टिकट दिइयो । तर उम्मेदवारी दर्ता गर्न जाँदा भने एमालेको तर्फबाट उद्धव रेग्मीले दर्ता गरे । 


अहिले रौतहटमा एमालेका उम्मेदवारकापछि नेता र कार्यकर्ता भोट माग्न नगएको जिल्ला स्तरका नेता प्रभाव थापाले बताए । जनताको मनोभावना विपरित र पार्टीको निर्णय विपरित उम्मेदवार दर्ता भएपछि कसले भोट माग्न जान्छ ।
जिल्ला इन्चार्ज कल्याणी खडकाले भनिन ‘पार्टीले पत्र पठाएको छ बाबुराम दाहललाई टिकट दिइयो तर, पार्टी संग सल्लाह नै नगरी उद्धव रेग्मीले उम्मेदवारी दिएको हल्ला सुनेकि छु ।’
उनले भनिन, ‘जिल्ला पार्टीबाट सर्वसम्मत र स्थायी समितिले पत्रकार सम्मेलन गरेर उम्मेदवार बनाएका उम्मेदवारका विरुद्ध रातारात कसरी कहाँबाट नयाँ उम्मेदवार आए थाह छैन । हामी रेग्मीका पक्षमा भोट माग्न पनि जादैनौ ।’
चन्द्रपुरमा बाजागाजा सहित बाबुराम दाहल उम्मेदवारी दर्ता गर्न जादा रेग्मीले उम्मेदवारी दर्ता गरी सकेका थिए । रौतहट माधव कुमार नेपालको गृह जिल्ला हो । रौतहटमा सबै नेपाल पक्षकाले टिकट पाएकाले बिचमा एक जना भएपनि अध्यक्ष केपि ओलीले आफ्नो मान्छेलाई रातारात टिकट दिएको जिल्ला नेताको आरोप छ । 
खडाले भनिने ‘यदि रेग्मीले आधिकारीक पत्र ल्याएको हो भने किन पार्टीलाई देखाउनु भएन । उनले त कसै नेताको पत्र ल्याएर उम्मेदवारी दर्ता गराएका हुन् ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप