जग्गा व्यवसायीलाई धम्क्याएर पैसा उठाएको आरोपमा ९ जना पक्राउ
शुक्रबार, २६ असार २०७७, १६ : ११
काठमाडौं । जग्गा व्यावसायीलाई धम्की दिएर पैसा असुल गरेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई गौरिघाट, गौशला र पुरानो बानेश्वरबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा आफ्लाई ज्योतिष भन्ने अर्जुनकुमार थापा क्षेत्री, विजय रावल, जगदिश खड्का, राजेन्द्रकुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भुप्रसाद रेग्मी, शंकरविक्रम खड्का, श्यामसिंह थापा र विवेक पोखरेल रहेका छन् ।
उनीहरुले काठमाडौंको बुढानिलकण्ठ बस्ने जग्गा व्यवसायीसँग जग्गाको विषयमा अख्तियारमा उजुरी परेको र अनुसन्धान प्रक्रिया रोक्ने भन्दै पैसा असुली गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनीहरुलाई थप अनुसन्धान गर्न महानगरीय अपराध महाशाखा टेकु पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण