सेलफोनबाट टिकटक हटाउन अनुरोध
एजेन्सी । आमेजोन कम्पनीले आफ्ना कर्मचारीलाई ‘सुरक्षा जोखिम’ भएको कारण देखाउँदै आ–आफ्नो सेलफोनबाट टिकटक हटाउन अनुरोध गरेको न्युयोर्क टाइम्सले शुक्रबार जानकारी दिएको छ । भारतले टिकटक र युसी ब्राउजरलगायत ५९ ओटा चिनियाँ एप्सहरु प्रतिबन्ध लगाएको केही दिनपछि आमेजोन कम्पनीमा यस्तो निर्णय आएको हो । सार्वभौमिकता, अखण्डता र प्रतिरक्षाको लागि यो निर्णय गरिएको न्युयोर्क टाइम्सले प्राप्त गरेको इमेलमा बताइएको छ ।
कर्मचारीहरूले आमेजोन ईमेल पहुँच रहेको कुनै पनि उपकरणहरूबाट एप्पहरु मेटाउनुपर्ने आमेजोनका अधिकारीहरूले जनाएका छन् । कर्मचारीले आफ्नो आमेजोन कम्पनीबाट ईमेल प्राप्त गर्ने प्रयोजनका लागि शुक्रवारसम्म टिकटक एप्पस् हटाउनपर्ने अधिकारीहरु जानकारी दिएका छन् ।
यद्यपी,आमेजोनका कर्मचारीहरूलाई उनीहरूको ल्यापटप ब्राउजरबाट अझै टिकटक हेर्न अनुमति छ । ह्वाइट हाउसले टिकटकलगायत चिनियाँ सामाजिक सञ्जालका एप्स् प्रतिबन्ध लगाएको यसअघि नै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पुष्टि गरेका थिए । –एएनआइ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य सचिव अर्यालको टोली छिन्नमस्तामा
-
वीरगञ्ज महानगरले अनधिकृत सटर भत्कायो
-
अहिले गृहमन्त्री लामिछानेको ठगी प्रकरणबारे मात्रै छानबिन समिति बनाउनुपर्छ ः भीमसेनदास प्रधान
-
अफगानिस्तानमा आएको आँधी र बाढीका कारण ७० जनाको मृत्यु
-
चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया
-
प्रधानमन्त्रीलाई जेल हाल्न गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको सुझाव