सेलफोनबाट टिकटक हटाउन अनुरोध
एजेन्सी । आमेजोन कम्पनीले आफ्ना कर्मचारीलाई ‘सुरक्षा जोखिम’ भएको कारण देखाउँदै आ–आफ्नो सेलफोनबाट टिकटक हटाउन अनुरोध गरेको न्युयोर्क टाइम्सले शुक्रबार जानकारी दिएको छ । भारतले टिकटक र युसी ब्राउजरलगायत ५९ ओटा चिनियाँ एप्सहरु प्रतिबन्ध लगाएको केही दिनपछि आमेजोन कम्पनीमा यस्तो निर्णय आएको हो । सार्वभौमिकता, अखण्डता र प्रतिरक्षाको लागि यो निर्णय गरिएको न्युयोर्क टाइम्सले प्राप्त गरेको इमेलमा बताइएको छ ।
कर्मचारीहरूले आमेजोन ईमेल पहुँच रहेको कुनै पनि उपकरणहरूबाट एप्पहरु मेटाउनुपर्ने आमेजोनका अधिकारीहरूले जनाएका छन् । कर्मचारीले आफ्नो आमेजोन कम्पनीबाट ईमेल प्राप्त गर्ने प्रयोजनका लागि शुक्रवारसम्म टिकटक एप्पस् हटाउनपर्ने अधिकारीहरु जानकारी दिएका छन् ।
यद्यपी,आमेजोनका कर्मचारीहरूलाई उनीहरूको ल्यापटप ब्राउजरबाट अझै टिकटक हेर्न अनुमति छ । ह्वाइट हाउसले टिकटकलगायत चिनियाँ सामाजिक सञ्जालका एप्स् प्रतिबन्ध लगाएको यसअघि नै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पुष्टि गरेका थिए । –एएनआइ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण