महासंघले भन्यो, 'सक्नेले बैंकको ब्याज र किस्ता तिर्नू '
मङ्गलबार, ३० असार २०७७, १२ : ५५
काठमाडौं । उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ(एफएनसीसीआई) ले व्यवसायीहरुलाई व्यवसायीक कर्जाको बैकिङ किस्ता र ब्याज तिरिदिन आग्रह गरेको छ ।
महासंघले कोभिड-१९ का कारण व्यापार व्यवसाय चौपट भएर आर्थिक अवस्था कमजोर भएका बाहेक सबल भएका व्यवसायीहरुलाई बैंकको किस्ता र ब्याज तिरिदिन आग्रह गरेको हो ।
तर आर्थिक अवस्था अत्यन्त कमजोर भएका र बैकिङ किस्ता ब्याज चलाउन नसक्ने अवस्थामा रहेकाहरुलाई भने महासंघले नआत्तिन भनेको छ ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले यस्तो धारणा सार्वजनिक गरेको हो ।
व्यवसायीहरुको समस्या र हकहितका लागि सदैव लागि रहने भन्दै महासंघले सो पक्षमा समेत सरकारसँग लबिङ गरिरहेको महासंघले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण