हलिउड अभिनेत्री केलीको निधन
एजेन्सी । हलिउड अभिनेत्री केली प्रिस्टनको निधन भएको छ । उनको ५७ वर्षको उमेरमा निधन भएको हो । हलिउड स्टार जोन ट्रेवोल्टाकी श्रीमती समेत रहेकी केली दुई वर्षदेखि ब्रेष्ट क्यान्सरसँग लडिरहेकी थिइन् । उनका श्रीमान् जोनले सामाजिक सञ्जालमार्फत केलीको निधनको खबर सार्वजनिक गर्दै निकै इमोसनल पोस्ट गरेका छन् ।
‘मेरी राम्री श्रीमती केली दुई वर्षदेखि ब्रेस्ट क्यान्सरसँग लड्दै थिइन् । अन्ततः उनले यो लडाईंमा हारेकी छिन्’ उनले लेखेका छन् ‘कयौं मानिसको प्रेम र सपोर्टका कारण उनले यो लडाईं निकै बहादुरीका साथ लडिन् ।’ जोनले उपचार गरिरहेका डाक्टर तथा हेल्थ केयरलाई पनि धन्यवाद व्यक्त दिएका छन् ।
‘केलीको प्रेम र उनको लाइफको सम्झना सधैं हुनेछ’ उनले अगाडि लेखेका छन् ‘म आफ्नो बच्चालाई केही समय दिन चाहन्छु, जसले आफ्नी आमा गुमाएका छन् ।’
केलीले ‘जेरी म्याग्योर’, ‘स्पेश क्याम्प’, ‘ट्विन्स’, ‘ज्याक फ्रोस्ट’, ‘फोर लभ अफ द गेम’ लगायत फिल्म अभिनय गरेकी छन् । उनी पछिल्लो समय २०१८ मा हलिउड ग्याङ्गस्टार ड्रामा ‘गोट्टी’मा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१११ जनालाई केन्द्रीय सदस्य बनाउने र सदस्यता अध्यावधिक नगर्ने विषय स्वीकार्न सकिन्न : गगन थापा
-
एमाले–कांग्रेसले संविधान संशोधनबारे कार्यदललाई कुनै सुझाव नदिने
-
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन र विपद् पूर्वतयारीबारे जानकारी गराउन सभामुखको निर्देशन
-
रास्वपाको संशोधित विधानमा के छ व्यवस्था ?
-
‘लालीबजार’, ‘रोल नं. १’, ‘आई एम जितबहादुर’ र ‘जाँड’को आम्दानी कति ?
-
सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण