प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोधमा जनकपुरधाममा प्रदर्शन
जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थल अयोध्या प्रदेश नम्बर २ को विरगंजस्थित ठोरी गाउँमा रहेको भनेर दिएको अभिव्यक्तिको सर्वत्र विरोध भइरहेको छ । सीताको जन्मथलो जनकपुरधाममा पनि प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिको विरोध भइरहेको छ ।
बुधवार जनकपुरधाममा हिन्दू परिषद नेपालले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नगरमा प्रदर्शन गरेको हो । परिषदले प्रधानमन्त्री ओलीले आफ्ना अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गरेको छ ।
हिन्दू परिषद नेपाल जनकपुर नगर कमिटीका अध्यक्ष मिथिलेश झाले धर्मको विषयमा राजनीति गर्न नहुने भन्दै प्रधानमन्त्री ओलीले आफ्ना अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने बताए । उनले वैदिक र सांस्कृतिक रुपमा ओलीले विश्वका करोडाैं हिन्दू धर्मावलम्बी माथि हमला गरेको आरोप लगाए ।
हिन्दू परिषदले जनकपुरधामको रामानन्द चोकबाट ¥याली निकाल्दै नगरको विभिन्न भाग परिक्रमा गरी जनक चोकमा पुगेर कोणसभामा गरेको थियो ।
कोणसभामा परिषदका अध्यक्ष मिथिलेश झा, नागरिक समाजका मुरली मनोहर मिश्र लगायतका वक्ताले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाए ।
त्यस्तै प्रेस काउन्सिलका सदस्य नवलकिशोर यादवले पनि भगवान रामको जन्मस्थल भारतको उत्तर प्रदेशस्थित अयोध्यामा रहेको सरयुग नदीको किनारामा रहेको र सीताको जन्म मिथिलाको तत्कालीन राजधानी हालको जनकपुरधाममा भएको बताए ।
रामनन्दीय वैष्णव संघका महासचिव समेत रहेका प्रेस काउन्सिल सदस्य नवल किशोर यादवले प्रधानमन्त्रीजस्तो व्यक्तिले बोलेका कुराबाट विश्वका हिन्दूहरुको आस्थामाथि नै प्रहार हुनु दुर्भाग्यपूर्ण रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले नागरिक समाज, साधु समाज, स्थानीय युवा क्लव, पत्रकार लगायतसँग विमर्श गर्न बैठक आह्वान गरेका छन् । सोही बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण