रुसमा बढ्दै कोरोना संक्रमित, २४ घन्टामा ६ हजारभन्दा बढी संक्रमित
एजेन्सी । रुसमा बुधबार मात्रै छ हजार ४२२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार गएको २४ घन्टायता मात्र ६ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका हुन् ।
यससँगै रुसमा संक्रमितको संख्या ७ लाख ४६ हजार ३६९ जना संक्रमित पुगेको सो मन्त्रालयले जानकारी दिएको छ । यहाँका विभिन्न ८५ वटा सहरमा यी संक्रमित पाइएका बताइएको हो । कोरोना भाइरसका कारण ११ हजार ७७० जनाले ज्यान गुमाएका छन् । यहाँ पछिल्लो २४ घन्टामा मात्र १७५ जनाको मृत्यु भएको छ ।
सुरुमा रुसमा कोरोना भाइरस सरकारको नियन्त्रणमा रहेको दाबी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेका थिए । तर एकाएक यहाँ दिनहूँ हजारौँ जना संक्रमित थपिन थालेका हुन् । सो मन्त्रालयले दिनहूँ ठूलो संख्यामा नयाँ संक्रमित थपिन थालेका बताएको छ ।
योसँगै रूसमा तीव्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको यहाँको सरकारले जानकारी दिएको छ । यहाँका पाँच लाखभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् भने दुई लाखभन्दा बढी उपचाररत संक्रमित नै छन् ।
–एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण