बलिउडका सबैभन्दा धनि ५ सुपरस्टार
एजेन्सी – हिन्दी चलचित्र क्षेत्रमा यस्ता केही अभिनेता छन् जोसँग अकुत सम्पत्ति रहेको छ । केही अभिनेताहरुले करोडौं मानिसहरुको सम्मान र मायासँगै अकुत सम्पत्ति पनि कमाएका छन् ।
यस्ता केही अभिनेताहरु छन्, जसको सम्पत्ति अकुत छ । तीमध्ये सबैभन्दा धेरै सम्पत्ति भएका पाँच अभिनेताहरुको बारेमा चर्चा गर्दैछौँ ।
यो सूचीमा शाहरुख खान पहिलो स्थानमा पर्छन् । शोभिज डट.कम वेभसाइटका अनुसार शाहरुख खानको कुल सम्पत्ति ७४० मिलियन डलर रहेको छ । यो सम्पत्तिका अनुसार उनी सबैभन्दा धनि अभिनेता हुन् ।
दोस्रो स्थानमा महानायक अभिताभ बच्चनको नाम रहेको छ । विगत ५० वर्षदेखि बलिउडमा राज गरिरहेका अमिताभ बच्चनसँग ४०५ मिलियन डलर सम्पत्ति रहेको छ ।
सबैभन्दा धनि अभिनेताको सूचीमा तेस्रो स्थानमा सलमान खानको नाम आउँछ । सलमान खानसँग २२० मिलियन डलर सम्पत्ति रहेको छ ।
धनि अभिनेताहरुको सूचीमा सुपरस्टार आमिर खानको नाम पनि सामेल रहेको छ । आमिर खानसँग २०५ मिलियन डलर रहेको छ ।
हिन्दी सिनेमामा ‘खेलाडी’ को नामबाट चर्चित सुपरस्टार अक्षय कुमारको नाम पनि यस सूचीमा सामेल रहेको छ । उनी पनि पाँच सबैभन्दा धनि अभिनेताको सूचीमा सामेल छन् । उनीसँग २०० मिलियन डलरको सम्पत्ति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको देउवा समूहको बैठक चुनदेवीमा
-
कांग्रेस इतर समूहका नेताहरू चुनदेवीस्थित नयाँ कार्यालयमा (तस्बिरहरू)
-
कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला
-
ब्रिटिश प्रोफेशनल कलेजमा युनिभर्सिटी अफ लन्डनको बीएससी र एमएससी कार्यक्रम सुरु
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण