ब्रिटिश प्रोफेशनल कलेजमा युनिभर्सिटी अफ लन्डनको बीएससी र एमएससी कार्यक्रम सुरु
सारांश
- ब्रिटिश प्रोफेशनल कलेज (BPC) दक्षिण एसियामै युनिभर्सिटी अफ लन्डनको 'बीएससी' र 'एमएससी' प्रोफेशनल एकाउन्टेन्सी दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र 'रिकग्नाइज्ड टिचिङ सेन्टर' (RTC) बनेको छ।
- यो कार्यक्रमले नेपाली विद्यार्थीहरूलाई नेपालमै बसेर विश्वस्तरीय शैक्षिक उपाधि हासिल गर्ने ढोका खोलेको छ, जसले गर्दा विद्यार्थीहरूले आफ्नो एसीसीए अध्ययनलाई निरन्तरता दिँदै करिब १२ महिनाको छोटो अवधिमै युनिभर्सिटी अफ लन्डनको स्नातक डिग्री प्राप्त गर्न सक्नेछन्।
- यस कार्यक्रममा पहिलोपटक 'एआई स्टडी असिस्टेन्ट' को सुविधा पनि उपलब्ध गराइएको छ, जुन युनिभर्सिटी अफ लन्डनको इतिहासमै एआई सहयोगलाई पूर्ण रूपमा समावेश गरिएको पहिलो डिग्री कार्यक्रम हो।
काठमाडौँ । थापाथलीस्थित ब्रिटिश प्रोफेशनल कलेज (BPC) दक्षिण एसियामै युनिभर्सिटी अफ लन्डनको 'बीएससी' र 'एमएससी' प्रोफेशनल एकाउन्टेन्सी दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र 'रिकग्नाइज्ड टिचिङ सेन्टर' (RTC) बनेको छ।
ब्रिटिश एजुकेशन ग्रुप अन्तर्गतको यस कलेजले हालै विश्वप्रसिद्ध युनिभर्सिटी अफ लन्डनबाट स्नातक तह (BSc) को कार्यक्रम सञ्चालनका लागि आधिकारिक मान्यता प्राप्त गरेसँगै यो सफलता हात पारेको हो।
विशेष गरी एसीसीए (ACCA) अध्ययन गरिरहेका विद्यार्थी, एफिलिएट तथा सदस्यहरूलाई लक्षित गरी ल्याइएको यो कार्यक्रमले नेपाली विद्यार्थीहरूलाई नेपालमै बसेर विश्वस्तरीय शैक्षिक उपाधि हासिल गर्ने ढोका खोलेको छ।
यस कार्यक्रमको प्रमुख विशेषता भनेको विद्यार्थीहरूले आफ्नो एसीसीए अध्ययनलाई निरन्तरता दिँदै करिब १२ महिनाको छोटो अवधिमै युनिभर्सिटी अफ लन्डनको स्नातक डिग्री प्राप्त गर्न सक्नेछन्। यसले गर्दा विद्यार्थीहरूले एकैसाथ दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय शैक्षिक तथा व्यावसायिक संस्थाहरूसँग जोडिने अवसर पाउनेछन्।
नयाँ कार्यक्रममा फाइनान्सियल म्यानेजमेन्ट, पर्फर्मेन्स म्यानेजमेन्ट र प्रोजेक्ट मोड्युल समावेश गरिएको छ। यी विषयहरूको सफल अध्ययनले विद्यार्थीहरूमा वित्तीय निर्णय प्रक्रिया र अनुसन्धानमा आधारित विश्लेषणात्मक सीप विकास गर्ने कलेजको विश्वास छ। साथै, यो कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीहरूले एसीसीएका सम्बन्धित परीक्षाहरूमा अतिरिक्त शुल्कबिनै छुट (Exemption) समेत प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । जसले १८० भन्दा बढी देशमा मान्यता प्राप्त एसीसीए यात्रालाई थप सहज बनाउनेछ।
प्रविधिको प्रयोगलाई आत्मसात गर्दै यस कार्यक्रममा पहिलोपटक 'एआई स्टडी असिस्टेन्ट' को सुविधा पनि उपलब्ध गराइएको छ। २४सै घण्टा उपलब्ध रहने यस आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीले विद्यार्थीहरूलाई विषयवस्तु बुझ्न र अध्ययन योजना बनाउन मद्दत गर्नेछ। सन् १८३६ मा स्थापित युनिभर्सिटी अफ लन्डनको इतिहासमै एआई सहयोगलाई पूर्ण रूपमा समावेश गरिएको यो पहिलो डिग्री कार्यक्रम हो।
यस उपलब्धिका बारेमा बोल्दै ब्रिटिश एजुकेशन ग्रुपका हेड अफ प्रोफेशनल एजुकेशन दिपेन्द्र के. श्रेष्ठले यो मान्यता नेपाली विद्यार्थीहरूका लागि ऐतिहासिक भएको बताए । उनका अनुसार स्थानीय आकांक्षा र विश्वव्यापी मापदण्डबीचको दूरी घटाउन यो कार्यक्रम कोसेढुङ्गा सावित हुनेछ। एउटै संस्थाबाट स्नातक, स्नातकोत्तर र एसीसीए जस्तो व्यावसायिक योग्यता हासिल गर्न सकिने लचकताले विद्यार्थीहरूलाई विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उनको भनाइ छ।
सन् २०११ देखि सञ्चालनमा आएको र एसीसीएको 'प्लैटिनम एप्रुभ्ड लर्निङ पार्टनर' को मान्यता पाएको बीपीसीले यस नयाँ कार्यक्रममार्फत नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा थप मजबुत बनाएको छ। विद्यार्थीहरूले कलेजमा प्रत्यक्ष उपस्थित भएर वा स्वतन्त्र रूपमा अनलाइन माध्यमबाट पनि यो कोर्स पुरा गर्न सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले–कांग्रेसले संविधान संशोधनबारे कार्यदललाई कुनै सुझाव नदिने
-
‘लालीबजार’, ‘रोल नं. १’, ‘आई एम जितबहादुर’ र ‘जाँड’को आम्दानी कति ?
-
सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु
-
भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल
-
हमासले गाजाको प्रशासनिक निकाय विघटन गर्ने
-
ट्रम्पद्वारा इटालीकी प्रधानमन्त्री मेलोनीमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण