मेची–महाकाली रेलमार्ग पीडितको आग्रह

मेची–महाकाली रेल मार्ग निर्माणका कारण मोरङको बेलबारी नगरपालिकाबाट विस्थापित हुने १५० घरपरिवारले उचित क्षतिपूर्तिको माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई बिहीबार ज्ञापनपत्र बुझाएका छन् ।
रेलमाग विस्थापित समन्वय तथा सङ्घर्ष समितिका सल्लाहकार संयोजक विश्व न्यौपानेले पाँचबुँदे माग सम्बन्धित निकायमा छलफल गरी पूरा गर्न आग्रह गर्दै प्रजिअ मदन भुजेललाई ज्ञापनपत्र बुझाए । सङ्घर्ष समितिले बुझाएको ज्ञापनपत्रमा बेलबारी नगरपालिका वडा नं ९ र १० मा पर्ने १२५ घरपरिवारको चलनचल्तीको मूल्यमा घरजग्गा मूल्याङ्कन गरी उचित क्षतिपूर्ति उपलब्ध गराई रेल मार्ग निर्माण प्रक्रिया अगाडि बढाउनु पर्ने, नयाँ कित्ता नम्बर समावेश गरी नयाँ नक्सा उपलब्ध गराई फारम भर्न पुनः सूचना प्रकाशित गर्नुपर्ने उल्लेख गरिएको छ ।
यसैगरी अन्य मागमा स्थलगत अध्ययन गरी चलनचल्तीका मूल्य कायम गर्नुपर्ने, टुक्राटुक्री जग्गाको क्षतिपूर्ति पाउनुपर्ने, रेलमार्गबाट विस्थापित हुने परिवारलाई उचित बसोवासको व्यवस्था मिलाउनुपर्नेलगायत माग रहेका छन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ भुजेलले सरकारले पूर्वाधार निर्माण जनताको सेवा सुविधाका लागि भएकाले सम्बन्धित निकायमा यस सम्बन्धमा कुरा गर्ने आश्वासन दिए । बेलबारी–९ का चक्र भण्डारीले जग्गाको मूल्याङ्कन नयाँ कित्ता नम्बरबाट हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
-
स्वदेश फर्किए राजेन्द्र महतो
-
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छ, राजीनामा दिने/नदिने गृहमन्त्रीमा भर पर्छ : शाही
-
लन्डन दूतावासमा ‘नेपाल नाइट’ सम्पन्न (फोटो फिचर )
-
प्रधानमन्त्री ओलीको निर्देशनमा माधव नेपालमाथि मुद्दा चलाइएको हो : शेरबहादुर कुँवर