एमालेको आन्तरिक कलहः सार्वजनिक कार्यक्रममै सोधियो–यसरी पनि पार्टी चल्छ ?
गुल्मी– जिल्ला समन्वय समितिको संयोजकको विषयलाई लिएर नेकपा एमालेका एक नेता पार्टीको माधव नेपाल पक्षविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
सो पार्टीको दलित संगठन उत्पीडित जातीय मुक्ति समाजले सदरमुकाम तम्घासमा आयोजना गरेको जनप्रतिनिधि सम्मान कार्यक्रममा पार्टीका पूर्व जिल्ला अध्यक्ष तथा ५ नम्वर प्रदेश सदस्य वोमबहादुर खड्काले गुटउपगुटका पक्षका खुलेर बोलेका हुन् । जिल्ला समन्वय समितिको संयोजकमा पार्टीले अघिल्लो दिनसम्म नेता खड्ग केसीलाई टुङ्घो लगाई सकेको अवस्थामा अर्को दिन एक्कासी अर्का नेता लक्ष्मण पराजुलीलाई संयोजक तोक लगाएको भन्दै खड्का आक्रामक रुपमा प्रस्तुत भए ।
‘मैले मतदान नै गरौं भनेको हुँ, खड्गजी डराउनु भएर हो, यदि उहाँ नडराएर मतदानमै गएको भए उहाँले १३ मतले जित्नु हुन्थ्यो’, पार्टी अध्यक्ष मधुकृष्ण पन्तसमेत रहेको मञ्चमा उनीतर्फ औंला ठड्याउँदै खड््काले प्रश्न गरे, ‘यसरी पनि पार्टी चल्छ ? खै अध्यक्षले राम्ररी पार्टी चलाएको ? खै कार्यालय सचिव ? कहाँ छ पार्टी ?’ खड्काले सार्वजनिक कार्यक्रममै पार्टीभित्रको असन्तुष्टी सार्वजनिक गरे पनि एमाले स्थायी कमिटी सदस्य छविलाल बिश्वकर्मा भने मौन देखिएका थिए ।
एमाले अध्यक्ष केपी ओली पक्षका भनी चिनिएका खड्काले अब हुने प्रदेश सभा सदस्यमा आफू उठेरै छाड्ने, त्यो कुनै पनि शक्तिले रोक्न नसक्ने भन्दै चुुनौती दिए । केहि दिन अघि एमालेको एकलौटी बनेको जिल्ला समन्वय समितिमा संस्थापन पक्षका लक्ष्मण पराजुली संयोजक निर्वाचित भएका थिए ।
ईस्मा गाउँपालिका संयोजकमा पराजुली सदस्यमा पनि राम मल्ल ठकुरी र अर्का सदस्यमा पनि दलबहादुर बिकसहित ३ जना राखेर समन्वय समिति बनाउनमा एमालेका एक जना ठूलै नेताको दादागिरी चलेको ओली पक्षधरहरुको आरोप रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)
-
नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका ११ जनाको समकक्षता रद्द
-
नेपालको सुरक्षा खर्चमा वृद्धि : दक्षिण एसियामा नेपाल कति असुरक्षित ?
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण