शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा यस्तो देखियो सेलिब्रेटीका साउन

सोमबार, ०५ साउन २०७७, १५ : ५३
सोमबार, ०५ साउन २०७७

काठमाडौं । यो वर्षको आज साउनको पहिलो सोमाबार हो । आजै औंसी समेत परेको छ । विशेषगरी हिन्दूहरुले आजबाट साउने सोमबारको व्रत सुरु गर्ने गर्दछन् । 
साउन महिनामा प्रकृति र शिवजीको पूजा अर्चना गर्दा समृद्धिका साथ आयुआरोग्य वृद्धि हुने धार्मिक विश्वास रहेको छ । श्रावणमा हरियो लगाउँदा शिव भगवान खुसी हुने मान्यता रहेको पाइन्छ । 

त्यसैले पछिल्लो केही वर्षयता साउनभर अथवा सोमबार मात्र भएपनि महिलाहरु हरिया र पहेँला पहिरनदेखि चुरापोते जस्ता सौभाग्य सामग्री समेत प्रयोग गर्न थालेका छन् । त्यसमा पनि हात मेहन्दी उनीहरुको सजिएकै हुन्छ । 

शिवजीलाई बेलपत्र चढाउने विधान पुराणमा भए अनुरूप मानिसहरुले यो रंगलाई आत्मसात गरेको बुझाइ समेत छ । ज्योतिषहरु हरियो रंग सौभाग्यको रंग भएको समेत बताउँछन् ।

हाम्रा सेलिब्रेटीको पनि यो साउन महिनामा विशेष लगाव रहने गरेको छ । उनीहरुले साउन महिनामा सामाजिक संजाल मार्फत सार्वजनिक गर्ने तस्बिरबाट पनि सो अनुमानलगाउन सकिन्छ ।

तस्बिरमा यस्तो देखियो सेलिब्रेटीको साउनः


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप