बैंकिङ र चोरी मुद्धामा फरार रहेका २ जना पक्राउ
भक्तपुर । प्रहरीले विभिन्न मुद्धामा अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना पुरुषहरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार बैंकिङ कसुरको मुद्धामा फरार रहेका मधुराम प्रधानाङ्ग र चोरी मुद्धाका फरार सुमन भन्ने एकादशी प्याठलाई पक्राउ गरिएको हो ।
प्रतिभा नायभा श्रेष्ठको जाहेरीको आधारमा भक्तपुर जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्धामा दोषि ठहर भएका प्रधानाङ्गलाई सोमबार पक्राउ गरिएको हो । प्रधानाङ्गलाई २०७६ साल माघ २७ गते अदालतले छ लाख छयानब्बे हजार एक सय रुपैयाँ जरिवाना उसुलउपर गर्ने फैसला सुनाएको थियो ।
प्रधानाङ्गलाई फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौ पठाइएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी चोरी मुद्धाका फरार सुमन भन्ने एकादशी प्याठलाई पनि सोमबारनै पक्राउ गरिएको डीएसपी गिरीले जानकारी दिएका छन् ।
विश्वराम लवजुको जाहेरीले प्याठलाई चोरी मुद्दामा भक्तपुर जिल्ला अदालतले सोही मितिमा एघार हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो । प्याठलाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा जरिवाना तिरी छुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण