अब निर्यात–आयात संकेत नम्बर अनलाइनबाटै नवीकरण हुने
काठमाडौं । भन्सारको कामका लागि भन्सार कार्यालय वा बैंकसम्म धाउनुपर्ने बाध्यता हटेको छ । भन्सार विभागले स्वचालित एक्जिम कोड (निर्यात–आयात संकेत नम्बर) प्रणाली लागु गरेसँगै एक्जिम कोडको नवीकरण तथा नयाँ दर्ताको लागि भन्सार कार्यालयसम्म धाउनु नपर्ने भएको हो । विभागले सोमबार उक्त प्रणालीको औपचारिक सुरुवात गरेको हो ।
हाल ३० हजार भन्दा बढीले यस्तो कोड नम्बर प्राप्त गरेका छन् । जसको प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ । अब त्यसरी नवीकरण गर्दा शुल्क बुझाउन बैंकसँग जानु पनि पर्दैन नवीकरण र करचुक्ताका लागि कार्यालयमा जानु समेत पर्दैन ।
विभागले सबै सेवाग्रहीलाई एक्जिम कोडको नवीकरण गर्न युजरनेम र पासवर्ड उपलब्ध गराएको छ । सो युजरनेम र पासवर्डलाई प्रयोग गरेर आफ्नो कोर्ड पोर्टलमा प्रवेश गरी अनलाइनमार्फत् विवरण भर्न सक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ । कोड नवीकरणको लागि दस्तुर भने नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएसमार्फत् भुक्तानी गर्न सकिने जनाइएको छ ।
स्वचालित प्रणाली लागु भएपछि भन्सार र आन्तरिक राजश्व विभागको सूचना प्रणाली एक आपसमा जोडिएका छन् । यसअघि सेवाग्रहाीले पेश गरेको करचुक्ताको प्रमाणपत्रमा भर पर्नुपर्नेमा एकआपसमा सूचना प्रवाह गर्नसक्ने प्रणाली बनेको हो । यो प्रणालीपछि सेवाग्राहीले तिरेको भन्सार रावश्वको विवरण आन्तरिक राजश्व विभागलाई थाहा हुनेछ । आन्तरिक राजश्व कार्यालयलाई तिरेको करको विवरण भन्सारलाई थाहा हुनेछ ।
यो प्रणालीले भन्सार कार्यालयको भीडभाड कम हुने र थोरै कर्मचारीबाट कार्यसम्पादन हुने भएकोले यसले सरकारी खर्च कटौतीमा समेत योगदान गर्ने दाबी विभागको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण