पशुपति सहकारीले बृहद मर्जर अभियान संचालन गर्ने
काठमाडौं । ललितपुरमा केन्द्रीय कार्यालय रही राष्ट्रियस्तरको सहकारी पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि.ले सहकारी–सहकारी बीच बृहद एकीकरण अभियान संचालन गर्ने भएको छ ।
७७ जिल्ला र ७५३ स्थानीय तहका संस्थाहरुलाई समेटेर नेपालकै नमुना सहकारी संस्था निर्माण गर्ने लक्ष्यसहित बृहद एकीकरण अभियान संचालन गर्न लागेको हो । बृहद एकीकरणका लागि संचालन गर्नका लागि पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. ले २२ औं साधारणसभाबाट निर्णय गरी अध्यक्ष सिवी लामाको संयोजकत्वमा मर्जर कमीटी समेत निर्माण गरेको छ ।
यहि समितिमार्फत एकीकरणका लागि इच्छुक सहकारी संस्थाहरुका साथै सरोकारवालाहरुसँग सहजिकरण र समन्वय सुरु गरिएको छ । संविधानमै अर्थतन्त्रको एक खम्बा मानिएको सहकारी अभियानबाट राज्यले राखेको उद्देश्य पुरा गर्नका लागि बृहद एकीकरण अभियान संचालन गर्न लागिएको संयोजक लामाले जानकारी दिए ।
“स–साना संस्था संचालन गरेर अब राज्यले सहकारी अभियानबाट राखेको अपेक्षा पुरा हुदैन” उनले भने, “त्यसका लागि एक÷दुई वटा संस्था एकीकरण गरेर पुग्दैन, वृहद एकीकरण गरी बलियो पुँजीगत आधार सहितको ठूलो नेटवर्क भएको संस्था बनाउन आवश्यक छ ।”
अहिले सहकारी अभियानमा ३५ हजार संघसंस्था दर्ता भएपनि देशको अर्थतन्त्रमा सहकारीको योगदान न्यून छ । संस्थाहरु स–सानो हुँदा पुँजी छरिन गई सहकारीमार्फत अत्याधुनिक सेवा प्रदान गर्न र ठूला ठूला परियोजनाहरुमा लगानी समेत गर्न सकिएको छैन ।
यहि कारण पुँजीगत आधार बलियो भएको दिगो सहकारी संस्था निर्माण गरी त्यसमार्फत सदस्यलाई प्रविधिमा आधारित अत्याधुनिक सेवा प्रदान गर्ने र सहकारीमार्फत उत्पादनमुलक ठूला उद्योग तथा व्यवसाय संचालन गर्ने लक्ष्य रहेको संयोजक लामाले बताए ।
संघिय सरकारले आर्थिक वर्ष २०७७/०७८ बजेट वक्तव्यमा पनि सहकारीसंस्थाहरुलाई एकीकरणका लागि प्रोत्साहन गर्ने उल्लेख गरेको छ । यसैगरी संघिय सहकारी विभागका साथै राष्ट्रिय सहकारी महासंघलगायतका संघसंस्थाले पनि सहकारी एकीकरणलाई प्रोत्साहन गरिरहेका छन् ।
बृहद एकिकरण अभियानमा सहकार्य, समन्वय र हातेमालो गर्नका लागि सम्पूर्ण सरोकारवालाहरुलाई संयोजक लामाले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीद्वारा अवैध सामान बरामद
-
प्रहरी फन्दामा परे जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त
-
लिपमोटर बी१० टप भेरियन्टको मूल्य घट्यो
-
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन'
-
दुई दशकमा दुई पटक कारागारबाट भागेका ५८ वर्षीय मौर्य अन्ततः प्रहरीको नियन्त्रणमा
-
बेलायतमा नेपाल चिनाउने अभियान: वेल्समा बन्दैछ 'नेपाली भिलेज'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण